2026-09-19 01:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

साढे १ लाख रुपैयासहित १० जुवाडे घोडाघोडीबाट पक्राउ

दिनेश ठकुल्ला/माघ १२, धनगढी । जिल्ला प्रहरी कार्यालयले कैलालीको घोडाघोडी नगरपालिका–८ दिपनगरबाट नगद एक लाख ४५ हजार ३१५ रुपैया सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । 

स्थानीय लालबहादुर थापाको घरको माथिल्लो तल्लामा तास खेली रहेको अवस्थामा प्रहरी उपरीक्षक अर्जुन चन्दको कमाण्डमा खटेको टोलीले जुवाडेहरुलाई मंगलवारराति पक्राउ गरेको हो । प्रहरीले जुवाडेहरुले हाडजितका लागि जुवामा राखेको पैसा, ९ थान तास, ओछ्यान, कम्बल थान एक जफत गरेको छ । 

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–५ का राजेश थापा, कर्णबहादुर रिजाल, मिना केसी थापा, विष्णु शाही, लालबहादुर थापा, डिल्लीराज जोशी, कोटातुल्सीपुरका मोतीराम डङगौरा नाम गरेका दुई जना, लम्की चुहा नगरपालिकाका दिपक शाही र सञ्जय ओली रहेका छन् । 

पक्राउ परेकाहरु विरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतमा म्याद थप गरेर थप सोधपुछ गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई