2026-10-18 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका नौ क्रियाशील पत्रकार पुरस्कृत हुने

माघ १३, तेह्रथुम । तेह्रथुमका विभिन्न सञ्चार माध्यममा कार्यरत नौ जना पत्रकार एक साथ पुरस्कृत हुने भएका छन् । 

नेपाल पत्रकार महासंघ तेह्रथुमले साधारण सभा तथा अधिवेशनको अवसरमा तेह्रथुम पत्रकारिता पुरस्कार, क्रियाशील पत्रकारिता पुरस्कार र सहयोगी आर्थिक पत्रकारिता पुरस्कारबाट ९ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष उद्धव तिम्सीनाले बताउनुभयो ।

‘तेह्रथुम पत्रकारिता पुरस्कार’ बाट २०७१, ०७२ र ०७३ मा क्रमशः मनु याक्थुङवा, प्रकाश पाक्सावा र अमृत बास्तोला पुरस्कृत हुने भएका छन् । यो पुरस्कारको राशी १३ हजार रुपैयाँ छ । यस्तै ‘क्रियाशील पत्रकारिता पुरस्कार’ बाट २०७१, ०७२, ०७३ मा क्रमशः यशोदा चेम्जोङ, आशा तुम्बाहाम्फे र कल्पना आङबुङ पुरस्कृत हुने भएका छन् ।

यसको राशी ७ हजार रुपैयाँ छ । यस्तै एक हजार रुपैयाँ राशीको सहयोगी ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट २०७१, ०७२ र ०७३ मा क्रमशः धनु तामाङ, तुलसीराम धमला र ऋिचा लिम्बु पुरस्कृत हुने भएका छन् । तेह्रथुम पत्रकारिता पुरस्कार तेह्रथुमको सोल्मा घर भई हाल अष्ट्रेलियामा कार्यरत समाजसेवी श्रीमती राधिका पोखरेल र उनका श्रीमान् सन्जिप सापकोटाले स्थापना गरिदिएका हुन् ।

सो कोषमा १ लाख रुपैयाँ, रहेको छ । यस्तै ५० हजार रुपैयाँको अक्षयकोष रहेको क्रियाशील पत्रकारिता पुरस्कार म्याङलुङ्ग–१ बस्ने समाजसेवी तथा सिंहवाहिनी माविका प्रधानाध्यापक तेजबहादुर कार्की र श्रीमती उमा कार्कीले स्थापना गरिदिएका हुन् । सहयोगी आर्थिक पत्रकारिता पुरस्कार कोषमा म्याङलुङ्गको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १० हजार रुपैयाँ राखी स्थापना गरिदिएको छ ।

०७१ सालका तीन वटा पुरस्कार माघ २५ गते र बाँकीलाई फागुन ७ गते छुट्टा–छुट्टै समारोहका बीच पुरस्कार वितरण गरिने अध्यक्ष तिम्सीनाले जनाए । विहीबार बसेको महासंघको कार्यसमिति बैठकले महासंघ केन्द्रीय समितिले जिल्ला अधिवेशनकालागि निर्धारण गरेको मिति २०७३ साल फागुन ७ गते नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

अधिवेशन न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केशीको प्रमुख आतिथ्यतामा हुने समेत अध्यक्ष तिम्सीनाले बताउनुभयो । जिल्लामा हाल ३ वटा रेडियो, एउटा दैनिक पत्रिका, ३ वटा साप्ताहिक पत्रिका र तीन वटा अनलाइन पत्रिकाहरु सन्चालित छन् । महासंघमा ७० बढी पत्रकारहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु