२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाट उद्योग वणिज्य संघको प्रथम साधारण सभा दाउन्ने पार्टी प्यालेसमा

८ फाल्गुन २०७२, शनिबार १२:४०

फागुन ८, नवलपरासी । बर्दघाट उद्योग वणिज्य संघको प्रथम साधारण सभा तथा
अधिवेशन शनिबार दाउन्ने पार्टी प्यालेसमा भएको छ । साधारणसभा उद्घाटन सत्रमा बोल्ने अधिकाँश बक्ताहरुले
सामाजिक आर्थिक क्षेत्रका संघस्ंस्थाहरुमा सर्बसम्मत रुपमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् ।
संस्थाको संस्थागत विकास नहुदंै संस्थामा राजनिति हावी हुदाँ संस्थाले आफ्नो उदेश्य अनुरुप काम गर्न
नसक्ने बक्ताहरुको जोड थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय
सदस्य गुणनिधि तिवारीले सर्बसम्मत रुपमा नेतृत्व चयन गर्ने पारिपाटी विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर थापा र कोषाध्यक्ष धनञ्जय पौडेलले
प्रगति तथा आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । कार्यक्रममा बर्दघाट खानेपानीका अध्यक्ष कमान सिंह
थापा,दिब्यज्योति बहुमुखी क्याम्पसका अध्यक्ष रुक्मागत ज्ञवाली, बर्दघाट बजार विकास समितिका अध्यक्ष
छबिलाल खरेल चिसापानी सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर बुढालगायतले सामाजिक संघसंस्थामा सर्बसम्मत
नेतृत्व चयन गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा त्रिवेणी सामुदायिक टेलिभिजनका
कार्यकारी निर्देशक रवि पाण्डे इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख श्यामकृष्ण केसीले समेत शुभकामना
ब्यक्त गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा नेपाली काग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, नेकपा
एमलेका नगर सचिव आनन्द पुरी एकीकृत नेकपा माओवादीका हरिरञ्जन पौडेल, क्रान्तिकारी माओवादीका चुडामणि
भण्डारी राप्रपाका मिलन श्रेष्ठ लगायतले बोल्नुभएको थियो । त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिकाका
योजना प्रमुख कृष्ण थापा क्षेत्रीले समेत उद्योग बाणिज्य संघको प्रगतिको कामना गर्नुभएको थियो
।कार्यक्रम बर्दघाट उद्योग वणिज्य संघका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता,यमबहादुर खत्रीको स्वागत
र लेखनाथ न्यौपानेको संचालनमा भएको थियो ।

साधारणसभा
सकिए लगतै बर्दघाट उद्योग बाणिज्य संघका चुनावको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका
संयोजक रामकृष्ण पौडेलका अनुसार फाुगन ९ गते उम्मेदवारी दर्ता र १० गते निर्वाचन हुने कार्यक्रम रहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ