2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीबाट एक क्वीन्टल चरेश बरामद

दिनेश ठकुल्ला/माघ १६, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा चरेश बरामद गरेको छ । 

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह सेतीले धनगढी–१८, फुलबारी पच्चीस घरबाट एक क्वीन्टल चरेश बरामद गरेको हो । प्रहरीको लागू औषध ओसासपोसार तथा विक्री वितरण नियन्त्रण अप्रेसन अन्तरत देवबहादुर सिंहको घरमा पाँच वटा बोरामा लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक विजयराज भट्टले जानकारी दिनुभयो । 

चरेश लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरिक्षक पदम थापाको नेतृत्वमा गएको टोलीले चरेश बरामद गरेको उहाँले बताउनुभयो ।  चरेश बरामद भएपछि घटनास्थलमा क्षेत्रीय प्रहरी प्रमुख भट्ट र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जन चन्दसमेत पुग्नु भएको थियो । प्रहरीले चरेश भेटिएको घरका मालिक सिंहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

पक्राउ परेकासंग सोधपुछका साथै घटनाबारे अन्य अनुसन्धान भईरहेको प्रहरी नायब महानिरिक्षक भट्टले बताउनुभयो । बरामद चरेश र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलाली बुझाइएको र जिल्ला प्रहरी कार्यालयले यसबारे थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 

प्रारम्भीक अनुसन्धानका क्रममा उक्त चरेश विभिन्न व्यक्तिमार्फत बझाङबाट आएको खुलेको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरिक्षक थापाले बताउनुभयो । भारत लैजानका लागि उक्त चरेश ल्याइएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई