2026-10-18 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विद्यार्थी नहुँदा सङ्कटमा तेह्रथुमका सामुदायिक विद्यालय

माघ १७, तेह्रथुम । गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । 

विद्यार्थी नभएपछि चालु शैक्षिक वर्षका पहिला चार महिना शिक्षकले विद्यार्थी पर्खिदैमा बिताएका छन् । कक्षा–३ सम्म पठनपाठन हुने सो विद्यालयमा गत शैक्षिक सत्रमा १७ जना विद्यार्थी थिए । विद्यालयमुनिको एक गाउँका करिब १२ परिवारले यही वर्ष गाउँ छाडे, प्रधानाध्यापक वुद्धि निरौलाले भन्नुभयो– धेरै बच्चा त्यही बस्तीका थिए, बाँकी विद्यालयमाथिका केही बच्चा पनि अङ्ग्रेजी माध्यमको खोजीमा बोर्डिङ भर्ना भएपछि कोही पनि भर्ना हुन आएनन् । 

उता थोक्लुङ–७, कर्कलेको सिंहवाहिनी प्राविमा पनि बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या शून्य जस्तै भएको शिक्षिका उमादेवी गोलेले बताउनु भयो । गत शैक्षिक सत्रमा सात विद्यार्थी रहेको सो विद्यालयमा अहिले घटेर एक जना मात्र भर्ना भएका छन् । 

सदरमुकाम म्याङलुङ नजिकै हलिमेलामा रहेको जनता प्राविमा पनि यो वर्ष कोही पनि विद्यार्थी भर्ना हुन आएनन् । दुई वर्षअघि नै बन्द हुन लागेको विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेपछि विद्यार्थी बढेका थिए, प्रधानाध्यापक उद्धव लामिछानेले भन्नुभयो– तर यो वर्ष निजी विद्यालयले सवारी सुविधा थपेर सबै विद्यार्थी सदरमुकाम नै ताने । 

कक्षा–३ सम्म पढाइ हुने सो विद्यालयका ३५ बढी विद्यार्थी अहिले सदरमुकामका बोर्डिङमा पढ्छन् । लालीगुराँस नगरपालिका–३ को सिंहदेवी प्राविमा पनि यो शैक्षिक सत्रमा पाँच जना मात्रै विद्यार्थी भर्ना भएका छन् । यस्तै म्याङलुङको आदर्श प्रावि, ओख्रेको भारती प्रावि र तम्फुलाको जलकन्या प्राविमा पनि विद्यार्थी सङ्ख्या १० भन्दा कम छ । 

जिल्लामा १५० बढी प्राथमिक विद्यालय छन् । तर तीमध्ये अधिकांश विद्यालयमा ५० जनाभन्दा बढी विद्यार्थी छैनन् । यस्तै जिल्लाका ३० बढी निमाविमध्ये १०० भन्दा बढी विद्यार्थी भएका विद्यालय कम मात्रै छन् । जिल्लामा पछिल्ला वर्षमा अङ्ग्रेजी माध्यमको आकर्षण र सामुदायिक विद्यालयको गिर्दो शैक्षिक गुणस्तरका कारण सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् । सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यमको शिक्षा सुरु भएका विद्यालयमा भने विद्यार्थी सङ्ख्या उति धेरै घटेको पाइँदैन । 

कतिपय सामुदायिक विद्यालयका शिक्षक आफ्नो पेसाप्रति त्यति धेरै उत्तरदायी भएको पाइँदैन । बरु सामुदायिक विद्यालयकै शिक्षकको अगुवाइमा जिल्लामा केही निजी विद्यालय खोलिएका छन् । अझ कतिपय सामुदायिक विद्यालयका शिक्षकका नानीहरु नै बोर्डिङमा पढिरहेका छन् । 

राज्यले अर्बौं रुपैयाँ शैक्षिक क्षेत्रमा लगानी गरे पनि अभिभावक भने कमजोर भौतिक पूर्वाधार, अर्धदक्ष शिक्षक र महँगो शुल्कका बीच राम्रो नतिजाका लागि निजी विद्यालय नै धाउन बाध्य छन् । 

सामुदायिक विद्यालयमा खस्कँदो नतिजा तथा समय र माग अनुसारको शिक्षा प्रदान गर्ने वातावरण बनाउन नसक्दा विद्यार्थी सङ्ख्या घट्दै गएको विद्यालय व्यवस्थापन समिति सङ्घका जिल्ला अध्यक्ष अर्जुन तुम्बाहाम्फे बताउनुहुन्छ । 

गत शैक्षिक सत्रमा पनि जिशिकाले थोक्लुङको मिलन प्रावि, ओयाक्जुङको दिपलहर प्रावि, तम्फुलाको श्रीजंगा प्रावि, सम्दुको विद्या प्रावि, म्याङलुङको कालिका प्रावि, तम्फुलाको लक्ष्मी प्रावि र सुङनामको जनता प्रावि तथा सोल्माको सिंहदेवी प्रावि पूर्णरुपमा बन्द गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु