१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाट उद्योग बाणिज्य संघको अध्यक्षमा शर्मा

११ फाल्गुन २०७२, मंगलवार ०९:३८

फागुन ११, नवलपरासी ।
बर्दघाट उद्योग बाणिज्य संघको निर्वाचनमा मिनराज शर्माको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।

शर्माले १०९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी
चन्द्रबहादुर थापाले ९७ मत प्राप्त गर्नुभएको थियो । शर्माले नेकपा एमालेनिकट ब्यवसायी र नयाशक्तिनिकट
ब्यवसायीको संयुक्त प्यानल र थापा कांग्रेस एमाओवादीलगायतका अन्य सानादलहरुको प्यानलबाट निर्वाचनमा
उम्मेदवार हुनुभएको थियो । त्यस्तै शर्मा प्यानलबाट एमाओवादीनिकट उद्योगी लेखनाथ पौडेलले समेत
उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा नयां
शक्तिका यमबहादुर थापा बिजयी हुनुभएको छ । थापाले १०५ र उहाँका प्रतिद्धन्द्धी यमबहादुर क्षेत्रीले ९९
मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उद्योग उपाध्यक्षमा एमाओवादीनिकट बागी उम्मेदवार लेखनाथ पौडेल
निर्वाचित हुनुभएको छ भने बाणिज्य उपाध्यक्षमा नेकपा क्रान्तिकारी माओवादीनिकट धनञ्जय पौडेल निर्बिरोध
हुनुभएको छ ।

त्यस्तै महासचिवमा काग्रेस निकट लेखनाथ न्यौपाने
निर्बिरोध चयन हुनुभएको छ । त्यस्तै सचिवमा कृष्ण प्रसाद पाण्डे र कोषाध्यक्षमा दिनेश न्यौपाने
निर्वाचित हुनुभएको छ । अधिकाश पदमा शर्मा प्यानल हावी भएको भएपनि मत परिणाम भने मिश्रित आएको छ ।
सदस्यहरुमा १ जनाबाहेक बाकी ६ जना सदस्य सदस्य शर्मा प्यानलबाट बिजयी भएका छन् ।

लेखा संयोजकमा थापा प्यानलका ज्ञानहरी भटटराई बिजयी हुनुभएको छ भने सदस्यमा शर्मा
प्यानलका रुक्मागत भटटराई र चन्द्रबहादुर दमाई चयन हुनुभएको छ । १७ पदका लागि भएको चुनावमा शर्मा
प्यानलले १२ पद र थापा प्यानलले ५ पद हात पारेको छ ।

त्यस्तै
निर्वाचन कार्यक्रम अनुसार सोमबारै पद तथा गोपनियताको सपथ ग्रहण समेत भएको निर्वाचन समितिका संयोजक
रामकृष्ण पौडेलले जानकारी दिनुभएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का