२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाट उद्योग बाणिज्य संघको अध्यक्षमा शर्मा

२०७२, ११ फाल्गुन मंगलवार ०९:३८

फागुन ११, नवलपरासी ।
बर्दघाट उद्योग बाणिज्य संघको निर्वाचनमा मिनराज शर्माको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।

शर्माले १०९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी
चन्द्रबहादुर थापाले ९७ मत प्राप्त गर्नुभएको थियो । शर्माले नेकपा एमालेनिकट ब्यवसायी र नयाशक्तिनिकट
ब्यवसायीको संयुक्त प्यानल र थापा कांग्रेस एमाओवादीलगायतका अन्य सानादलहरुको प्यानलबाट निर्वाचनमा
उम्मेदवार हुनुभएको थियो । त्यस्तै शर्मा प्यानलबाट एमाओवादीनिकट उद्योगी लेखनाथ पौडेलले समेत
उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा नयां
शक्तिका यमबहादुर थापा बिजयी हुनुभएको छ । थापाले १०५ र उहाँका प्रतिद्धन्द्धी यमबहादुर क्षेत्रीले ९९
मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उद्योग उपाध्यक्षमा एमाओवादीनिकट बागी उम्मेदवार लेखनाथ पौडेल
निर्वाचित हुनुभएको छ भने बाणिज्य उपाध्यक्षमा नेकपा क्रान्तिकारी माओवादीनिकट धनञ्जय पौडेल निर्बिरोध
हुनुभएको छ ।

त्यस्तै महासचिवमा काग्रेस निकट लेखनाथ न्यौपाने
निर्बिरोध चयन हुनुभएको छ । त्यस्तै सचिवमा कृष्ण प्रसाद पाण्डे र कोषाध्यक्षमा दिनेश न्यौपाने
निर्वाचित हुनुभएको छ । अधिकाश पदमा शर्मा प्यानल हावी भएको भएपनि मत परिणाम भने मिश्रित आएको छ ।
सदस्यहरुमा १ जनाबाहेक बाकी ६ जना सदस्य सदस्य शर्मा प्यानलबाट बिजयी भएका छन् ।

लेखा संयोजकमा थापा प्यानलका ज्ञानहरी भटटराई बिजयी हुनुभएको छ भने सदस्यमा शर्मा
प्यानलका रुक्मागत भटटराई र चन्द्रबहादुर दमाई चयन हुनुभएको छ । १७ पदका लागि भएको चुनावमा शर्मा
प्यानलले १२ पद र थापा प्यानलले ५ पद हात पारेको छ ।

त्यस्तै
निर्वाचन कार्यक्रम अनुसार सोमबारै पद तथा गोपनियताको सपथ ग्रहण समेत भएको निर्वाचन समितिका संयोजक
रामकृष्ण पौडेलले जानकारी दिनुभएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु