२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेलाको तयारी पुरा

२०७२, ११ फाल्गुन मंगलवार १०:४४

फागुन
११, नवलपरासी ।
मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेलाको तयारी
पुरा भएको बताइएको छ ।

बर्षौदेखि नवलपरासीको कुडिया र रुपौलिया
गाविसमा लाग्दै आएको मदार बाबाको मेलाको उचित व्यवस्थापन तथा तयारी पुरा कुतबुल मदरशाहा कुडिया
नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताउनु भयो । मेला यहि फागुन १५ गतेदेखी संचालन भई दुई साता
चल्ने छ ।

मदारबाबाको मुख्य स्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब ९ किलोमिटर दुम्किबासको
पहाडी डाँडाँमा रही आएको छ । मदार शाह बाबाले सो ठाउँमा ४० दिन तपस्या गरेपछि सो ठाउँ पवित्र र सृद्धि
प्राप्त ठाउँले परिचत भएको छ । उक्ता डाँडाँमा मदारबाबाको मजार रहेको हुँदा सो ठाउँमा मनोकमना लिएर
पुग्ने जुनसुकै धर्मका भक्तजनहरुको मनोकमना पुरा हुने विश्वास रही आएको छ ।

धार्मिक एवं ऐतिहासिक
पुरातत्वीक रुपले चिनिने नेपाल भरिमा एउटा मात्र मुस्लिम तथा हिन्दु समुदायको आस्था एवं विस्वासको
केन्द्र बनेको मदार बांबां धार्मिक स्थलमा यस बर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको छ

मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको
धार्मिक स्थल अहिले देशविदेशमा प्रशिद्ध भएकै कारण आन्तरिक तथा बाह्य भक्तजनहरुको घुईचो लाग्ने गरेको छ

पहाडी डाँडाँको करिब ५ घन्टाको पैदल यात्राले मदारबाबाको मजार
पुगी मानिएको मनोकामना पुरा हुने र विभिन्न दुखबाट जुधिरहेको पिडितहरुको दुख समेत हरन हुने आस्था र
विस्वास रहेको छ ।

मदारबाबाको दर्शका लागि नेपालको काठमाण्डौ, पोखरा, नारायणघाट, बुटबल र छिमेकी
देश भारतको उत्तर प्रदेश, विहार, दिल्ली, महराष्ट, मध्य प्रदेश कोलकत्ता लगायतका ठाउँहरुबाट आउने गरेको
पाइएको छ ।

मेलामा दर्शनार्थीको लागि बासस्थान, खानेपानी, शौचालय,
बाटोघाटो, शान्ती सुरक्षा, एवं स्वयम्सेवक परिचालन, सरसफाई, अतिथी सत्कार सहित सबै तयारी पुरा भईसकेको
आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु