१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेलाको तयारी पुरा

११ फाल्गुन २०७२, मंगलवार ११:५९

फागुन ११, नवलपरासी
मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेलाको तयारी पुरा भएको
बताइएको छ ।

बर्षौदेखि नवलपरासीको कुडिया र रुपौलिया गाविसमा
लाग्दै आएको मदार बाबाको मेलाको उचित व्यवस्थापन तथा तयारी पुरा कुतबुल मदरशाहा कुडिया नवलपरासीका
अध्यक्ष जमालुद्धिन अन्सारीले बताउनु भयो । मेला यहि फागुन १५ गतेदेखी संचालन भई दुई साता चल्ने छ

मदारबाबाको मुख्य स्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब ९ किलोमिटर दुम्किबासको पहाडी
डाँडाँमा रही आएको छ । मदार शाह बाबाले सो ठाउँमा ४० दिन तपस्या गरेपछि सो ठाउँ पवित्र र सृद्धि प्राप्त
ठाउँले परिचत भएको छ । उक्ता डाँडाँमा मदारबाबाको मजार रहेको हुँदा सो ठाउँमा मनोकमना लिएर पुग्ने
जुनसुकै धर्मका भक्तजनहरुको मनोकमना पुरा हुने विश्वास रही आएको छ ।

धार्मिक एवं ऐतिहासिक पुरातत्वीक
रुपले चिनिने नेपाल भरिमा एउटा मात्र मुस्लिम तथा हिन्दु समुदायको आस्था एवं विस्वासको केन्द्र बनेको
मदार बांबां धार्मिक स्थलमा यस बर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको छ ।

मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिक स्थल अहिले
देशविदेशमा प्रशिद्ध भएकै कारण आन्तरिक तथा बाह्य भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

पहाडी डाँडाँको करिब ५ घन्टाको पैदल यात्राले मदारबाबाको मजार पुगी मानिएको
मनोकामना पुरा हुने र विभिन्न दुखबाट जुधिरहेको पिडितहरुको दुख समेत हरन हुने आस्था र विस्वास रहेको छ

मदारबाबाको दर्शका लागि नेपालको काठमाण्डौ, पोखरा, नारायणघाट, बुटबल र छिमेकी देश भारतको उत्तर
प्रदेश, विहार, दिल्ली, महराष्ट, मध्य प्रदेश कोलकत्ता लगायतका ठाउँहरुबाट आउने गरेको पाइएको छ ।

मेलामा दर्शनार्थीको लागि बासस्थान, खानेपानी, शौचालय, बाटोघाटो, शान्ती
सुरक्षा, एवं स्वयम्सेवक परिचालन, सरसफाई, अतिथी सत्कार सहित सबै तयारी पुरा भईसकेको आयोजकले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो