२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भएको औधोगिक व्यपार मेलामा आर्थिक कारोबार करिब ६ करोड र अवलोकनकर्ता २ लाख

२०७२, ११ फाल्गुन मंगलवार १२:००

फागुन ११, नवलपरासी । उद्योग
वाणिज्य संघ नवलपरासीले आयोजना गरेको पश्चिमाञ्चल स्तरीय औधोगिक व्यपार मेलामाको कुल आर्थिक कारोबार
करिब ६ करोड भएको छ । मेलामा जिल्लाको ग्रामिण क्षेत्र तथा छिमेकी जिल्ला एवं छिमेकी देश भारतबाट करिब २
लाख अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थितिले सो आर्थिक कारोबार भएको हो । संघले आयोजना गरेको मेला गत माघ
२९ गते देखी सुरु भई आज फागुन ११ गते सम्पन्न भएको छ ।
nawalparasi 3

प्रर्दशनी मेलामा तयारी पोशाक,
जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, अटो मोबाईल्स,
आईटीका आईटम, खाद्य परीकार, सूचना प्रविधिका सामानहरु, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा
समाग्री, कृषि उत्पादनहरु, खेलौना, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु आकर्षणले मेलाबाट
करिब ६ करोडको आर्थिक कारोबार हुन पुगेको संघका कोषाध्यक्ष एवं आर्थिक समितिका संयोजक राजेश कुमार
गुप्तले बताउनु भयो ।

जिल्लामा रहेका विभिन्न ऐतीहासीक,
पुरातात्वीक एवं धार्मिक तथा पर्यटकिय स्थलको अन्तराष्टिय स्तरसम्म व्यापक प्रचार प्रसार गराउने, कृषि
उपजनी तथा स्थानिय उत्पादित बस्तुहरुको राष्टिय बजारसम्म प्रवद्र्धन गर्ने, जिल्लालाई औद्योगिक करिडोरको
रुपमा परिचित गराउने र जिल्लाको समग्र आर्थिक र सामाजिक रुपमा विकास गराउने उद्देश्यले आयोजित मेलामा ति
उपलब्धीहरु पुरा भएको संघका अधयक्ष एवं मेला समितिका संयोजक भिम बहादुर थापा क्ष्ोत्रीले बताउनुभयो

nawalparasi 2

मेलाको मुख्य आकर्षणको रुपमा
रामग्राम स्तुपको आकारको मुख्य प्रवेश द्धार, आईटी, कृषि, अटो मोबाईल्स, लागयत ईन्स्टल, बाल उद्यान र
सांस्कृति मन्चहरु मेला मुख्य आकर्षणको रुपमा रहेको छ भने मेलामा आईटी, कृषि, पर्यटन, उद्योग, व्यपार
प्रर्वद्धन एवं सूचना प्रविधिको बृहत प्रर्दशनीले दर्शकको उत्साहजनक उपस्थित भएको र मेला सफल समेत भएको
महसुस गरिएको संघका महासचिव एवं मेला प्रवक्ता गिरीराज पाण्डेले बताउनु भयो ।
nawalparasi 1

अन्तराष्टिय
जगतमै एक ठाउँमा मात्र सुरक्षित रहेको शान्तिका अग्रदुत एवं भगवान सिद्धार्थ गौतमबुद्धको अष्टधातु
रामग्राम स्तुपाको स्ट्याचु(आकृती) मेलाको मुख्य आर्कषणको रुपमा रखिएको छ । स्तुपाको स्ट्याचुलाई मुख्य
प्रवेशद्धारमै राखि स्तुप आकारको नै प्रवेशद्धार निर्माण गरिएको छ । त्यस्तै बुद्धको मावली पण्डितपुर,
होमस्टे अमलटारी, गजेन्द्र मोक्षधाम, त्रिवेणीधाम , सीता मणी, राधाकृष्ण, मदारबाबा, नन्दन तथा बुद्धमंगल
ताल, नागबाबा मन्दिर, बाबा बर्दगोरी, दाउन्नेदेवी, मौलाकालिका लगाएतका ऐतीहासीक एवं धार्मीक तथा
पर्यटकिय स्थलको वृत्रचित्र मार्फत जानकारी गराइएको संघले जनाएको छ ।

– हुसैन अंसारी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु