२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दिव्यज्योती बहुमुखी क्याम्पस बर्दघाटको रजत महोत्सवको समुद्धघाटन

२०७२, ११ फाल्गुन मंगलवार १३:१०

फाल्गुन ११, नवलपरासी
दिव्यज्योती बहुमुखी क्याम्पस बर्दघाट २ चिसापानी नवलपरासीको रजत महोत्सवको समुद्धघाटन
कार्यक्रम क्याम्पसको प्रांगणमा सम्पन्न भएको छ । माननीय उद्योगमन्त्री सोमप्रसाद पाण्डेको प्रमुख
आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रक्मागत ज्ञवालीको
अध्यक्षता,नवलपरासीका सांसदद्धव सिन्धु जलेसा,बैजनाथ चौधरी,कृष्ण पौडेल,पुर्व सासंदद्धव रोशन गाहा मगर र
सिता वौडेल लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा
प्रतिनिधिहरु,विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधिहरु,विभिन्न निजि तथा सामूदायिक विद्यालयका
प्रमुख तथा प्रतिनिधिहरु,क्याम्पसका विद्यार्थी तथा प्रध्यापकहरु,पत्रकार लगायतको सहभागिता रहेको थियो

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले शैक्षिक
जागरणमा पव्लिक क्याम्पसको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको थियो । अव नेपालमा पनि संसारको शैक्षिक
क्षेत्रमा प्रतिष्पर्धा गर्ने खालको शैक्षिक निति ल्याउनुपर्ने पाण्डेयले बताउनु भएको थियो ।


व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिवलाल कंडेलको स्वागत मन्तव्यसंगै
सुरु भएको कार्यक्रममा शिक्षक इकाइसंघका अध्यक्ष सरिता भुषाल ,पव्लिक क्याम्पस प्रध्यापक संघका गोपाल
पाण्डेय , पब्लीक क्याम्पस संघका केन्द्रि अध्यक्ष डा।इश्वर गौतम , दाउन्ने देवी बहुमुखी क्याम्पस
संचालक समितिका अध्यक्ष विश्वप्रेम पाठक ,सभासदद्धव कृष्ण पौडेल , वैजनाथ चौधरी , सिन्धु जलेसा ,नेकपा
एमालेका तिलक महत र विद्यार्थीका तर्फबाट किशोर गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो

कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष रुक्मागत
ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि कार्यक्रममा,क्याम्पस प्रमुख
कृष्णबन्धु पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्वास्तीक वाचनसंगै सुरु भएको
कार्यक्रममा राष्ट्यि फुटवल खेलाडि विमल घर्ती मगर , अमृत चौधरी र राष्ट्यि क्रिकेट खेलाडि सन्दिप
लामिछाने , सुशिल कण्डेललाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो साथै क्याम्पस संचालानार्थ सहयोग
गर्नुहुने विभिन्न संघसंस्था र व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।


सम्मानीत हुनेमा दिव्यज्योती उच्च मावि , ऋषिराम शर्मा , कृष्ण प्रसाद शास्त्री , हिमलाल
ज्ञवाली र क्याप्टेन रविन्द्र प्रधान रहनुभएको छ । कार्यक्रममा राष्ट्यि कलाकार वैकुण्ठ महत र
क्याम्पसका विद्यार्थीहरुले आफनो प्रस्तुती देखाएका थिए । रजत महोत्सवको समुदघाटन गर्नुभन्दा पुर्व
बर्दघाट चोक देखी चिसापानीसम्म प्रभातफेरी ¥याली निकालीएको आयोजकले जनाएको छ ।


साताव्यापी रजत महोत्सवमा भोली विहान ८ बजे नगर सरसफाई तथा जनचेतना जागरण
कार्यक्रम ,१३ गते विहान ८ बजे गजल कविता प्रतियोगीता , १४ गते विहान ८ बजे निसुल्क स्वास्थ्य शिविर
कार्यक्रम , १५ गते मयाराथुन दौड प्रतियोगीता , र फाल्गुन १६ गते सम्मान तथा पुरस्कार वितरण एवंम समापन
कार्यक्रम रहेको आयोजकले जनाएको छ । समुदघाटन कार्यक्रमको सामूदायिक रेडियो दाउन्नेले प्रत्यक्ष प्रसारण
समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा