२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी गैंडाकोटका युवक यसरी ठगिए, बिहेकै दिन गहना सहित प्रेमिका फरार

१९ फाल्गुन २०७२, बुधबार ०५:३४

फागुन १९, नवलपरासी । स्याङ्जा घर भई
नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । तीन
महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुस्मा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो ।


प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे । १५ दिनदेखि उनी
प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा
लागे । बिहेको दिन गहना लिएर प्रेमिका फरार ।

biha
प्रेमिका
पनि गहना र नयाँ कपडा लगाएर सजिइन् । बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर
सुस्मा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि
पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे । तर, फोन स्विच अफ थियो । समाचार आजको नयाँपत्रिकामा छापिएको छ

तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुस्मा
नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए ।


गोरखा घर बताउनी ती २२ वर्षीय युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर
बिवाहको नाममा ठगी गरेकी हुन् ।

पाँच बर्ष दुबईमा बसेर आएका
पौडेलको खाजाभरमा सुस्मासँग करिब तीन महिनाअघि चिनजान भएको हो । चिनजानपछि प्रेममा परेका उनीहरुले बिबाह
गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का