2026-09-10 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा तीन करोड ३८ लाखमा विद्याश्रम निर्माण सुरु

माघ २१, इलाम । भारतीय राजदूतावासको सहयोगमा इलाम बरबोटे–१ तोरीबारीमा रु तीन करोड ३८ लाखको लागतमा विद्याश्रम भवन निर्माण सुरु भएको छ । 

दूतावासको सहयोगमा सप्तमाई गुरुकुल विद्याश्रममा चारतले २४ कोठे भवन निर्माण सुरु भएको हो । भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रममा भवन निर्माणका लागि भारतीय दूतावासले आर्थिक सहयोग गरेको हो । इलाम सदरमुकामस्थित बिरूवा कन्स्ट्रक्सन/भगवती निर्माण सेवा जेभीले जिम्मा पाएको विद्यालयका प्रधानाध्यापक भोगेन्द्र दाहालले जानकारी दिनुभयो । 

विसं २०६५ सालमा स्थापित विद्याश्रममा बाल कक्षासहित १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेको छ । एकसय २० विद्यार्थीमध्ये आवासीयरूपमा अध्ययन गर्ने विद्यार्थी ७० जना छन् । व्यवस्थित भवन नहुँदा विद्यार्थी टहरामा अध्ययन गर्न बाध्य छन् । “ठूलो पानी पर्दा, चर्को घाम लाग्दा र हुरीबतास चल्दा पठनपाठन नै रोक्नुपर्ने अवस्था थियो,” प्रधानाध्यापक दाहालले भन्नुभयो, “भवन बन्ने भएपछि चिन्ता हटेको छ ।” 

स्थापनाकालमा सदरमुकामस्थित माईस्थान मन्दिरमा सञ्चालन गरिएको कक्षा केहीपछि बरबोटेमा सारिएको हो । स्थानीयस्तरका दाताबाट रकम सङ्कलन गरी विद्याश्रमले १७ रोपनी जग्गासमेत खरिद गरेको छ । 

संस्कृत वाङ्मय अध्ययनका लागि स्रोतकेन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रले विद्यालय सञ्चालन गरेको हो । “जमिनको व्यवस्था गरेपनि भवनको अभावले समस्यामा थियौँ”, केन्द्रका उपाध्यक्ष गोविन्द पौडेलले भन्नुभयो, “दूतावासको सहयोगले थप हर्षित भएका छौँ ।” 

इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विद्याश्रमको बुधबार शिलान्यास गर्नुभएको हो । १५ महिनापछि निर्माण सम्पन्न हुने भवन आवासीय सुविधासहितको हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने