2026-10-29 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा तीन करोड ३८ लाखमा विद्याश्रम निर्माण सुरु

माघ २१, इलाम । भारतीय राजदूतावासको सहयोगमा इलाम बरबोटे–१ तोरीबारीमा रु तीन करोड ३८ लाखको लागतमा विद्याश्रम भवन निर्माण सुरु भएको छ । 

दूतावासको सहयोगमा सप्तमाई गुरुकुल विद्याश्रममा चारतले २४ कोठे भवन निर्माण सुरु भएको हो । भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रममा भवन निर्माणका लागि भारतीय दूतावासले आर्थिक सहयोग गरेको हो । इलाम सदरमुकामस्थित बिरूवा कन्स्ट्रक्सन/भगवती निर्माण सेवा जेभीले जिम्मा पाएको विद्यालयका प्रधानाध्यापक भोगेन्द्र दाहालले जानकारी दिनुभयो । 

विसं २०६५ सालमा स्थापित विद्याश्रममा बाल कक्षासहित १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेको छ । एकसय २० विद्यार्थीमध्ये आवासीयरूपमा अध्ययन गर्ने विद्यार्थी ७० जना छन् । व्यवस्थित भवन नहुँदा विद्यार्थी टहरामा अध्ययन गर्न बाध्य छन् । “ठूलो पानी पर्दा, चर्को घाम लाग्दा र हुरीबतास चल्दा पठनपाठन नै रोक्नुपर्ने अवस्था थियो,” प्रधानाध्यापक दाहालले भन्नुभयो, “भवन बन्ने भएपछि चिन्ता हटेको छ ।” 

स्थापनाकालमा सदरमुकामस्थित माईस्थान मन्दिरमा सञ्चालन गरिएको कक्षा केहीपछि बरबोटेमा सारिएको हो । स्थानीयस्तरका दाताबाट रकम सङ्कलन गरी विद्याश्रमले १७ रोपनी जग्गासमेत खरिद गरेको छ । 

संस्कृत वाङ्मय अध्ययनका लागि स्रोतकेन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रले विद्यालय सञ्चालन गरेको हो । “जमिनको व्यवस्था गरेपनि भवनको अभावले समस्यामा थियौँ”, केन्द्रका उपाध्यक्ष गोविन्द पौडेलले भन्नुभयो, “दूतावासको सहयोगले थप हर्षित भएका छौँ ।” 

इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विद्याश्रमको बुधबार शिलान्यास गर्नुभएको हो । १५ महिनापछि निर्माण सम्पन्न हुने भवन आवासीय सुविधासहितको हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ