२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मूल्य पाएपछि सुपारी कृषक उत्साहित

२०७३, २१ माघ शुक्रबार ०९:२२

माघ २१, मोरङ । गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि यहाँका किसानले विगतमा भन्दा यसवर्ष राम्रो मूल्य पाएका छन् । 

प्रतिकिलो ११ रूपैयाँमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रूपैयाँ पाउन थालेपछि ती किसान उत्साहित छन् । सुपारीखेतीमा संलग्न किसानको आयस्तर बढाउने उद्देश्यले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि उत्तरी मोरङका सुपारी किसान उत्साहित भएको उर्लाबारीस्थित सुपारी प्रशोधन केन्द्रका सञ्चालक रामबाबु चौधरी बताउँछन् । 

पछिल्लो समय व्यावसायिक सुपारीखेती गर्दै आएका उत्तरी मोरङका किसानको जीवनस्तर उकासिँदै गएको छ । मोरङको मधुमल्ला, उर्लाबारी, मङ्गलबारे, लेटाङ भोगटेनीलगायत एक दर्जनभन्दा बढी ठाउँमा प्रशोधन केन्द्रहरु सञ्चालित छन् । मोरङको लेटाङ, उर्लाबारी, जाँते, मधुमल्ला, डाँगीहाट, बेलबारी, भोगटेनीलगायतका स्थानमा बढी मात्रामा सुपारीखेती गरिँदै आइएको छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार मोरङमा ८ सय हेक्टरमा सुपारीको व्यावसायिक खेती भइरहेको छ । स्थानीयण्स्तरमा सहकारी नै स्थापना गरेर किसानले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । मोरङको मङ्गलबारेस्थित सोल्टी खोलाछेउमा दुईकट्ठा जग्गा भाँडामा लिएर रामबाबु चौधरीले सञ्चालन गर्दै आएको प्रशोधन केन्द्रमा दैनिक ३० देखि ३५ जना महिलाले रोजगारी पाइरहेका छन् । 

चौधरीले उर्लाबारी वरिपरिकै किसानको सुपारी बोट भएकै ठाउँमा गएर किन्ने र प्रशोधन गरी बेच्ने गरेको बताउँछन् । प्रशोधित सुपारी भारतीय बजारसम्म पुग्ने गरेको छ । समुन्द्र सतहदेखि एक हजार दुई सय मिटरको उचाइसम्म १४ देखि ३६ डिग्री सेल्सियस तापक्रम भएको पानी नजम्ने र धेरै सुख्खा पनि नहुने भू–बनोट सुपारीखेतीका लागि उपयुक्त मानिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने