2026-10-18 04:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पुर्व विद्यार्थीले थाले खेलमैदान बनाउने अभियान

प्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८, मंगलबारेस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदान निर्माणकालागि प्रवासमा रहेका पुर्वविद्यार्थीहरुले रकम संकलन अभियान थालेका छन् । 

पुर्वविद्यार्थी तथा तेह्रथुम मलेसिया सम्पर्क मन्चका अध्यक्ष हजेन्द्र संग्रौलाको अगुवाईमा भइरहेको अभियानबाट अहिलेसम्म करिब साढे दुई लाख रुपैयाँ जम्मा भएको छ । 

हालसम्म नगदै करिब डेढ लाख रुपैयाँ जम्मा भइसकेको र प्राप्त हुन बाँकी रहेको गरी कुल करिब साढे दुई लाख रुपैयाँ भएको संग्रौलाले जानकारी दिनुभयो । विद्यालयमा खेलमैदान नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँगै आसपासका युवाहरुको समेत खेल प्रतिभा ओझेलमा परेको भन्दै आफुहरुले रकम संकलन गर्ने अभियान सुरु गरेको संग्रौलाले बताउनुभयो ।

अभियानमा  लालीगुराँस नगरपालिका तथा तेह्रथुम जिल्ला स्थायी घर भई हाल देश विदेशमा कार्यरतहरुबाट रकम जुटिरहेको छ । 

अहिलेसम्म मलेसिया, कतार, दुवई, इजरायल, कोरिया लगायत मुलुकमा कार्यरत नेपाली युवाहरुबाट रकम संकलन भइरहेको उहाँले बताउनुभयो । आगामी बैशाखबाट संकलित रकमले निर्माण सुरु गरिने र खेलमैदान निर्माणकालागि सबै निकायमा बजेट माग गरिने तयारी समेत रहेको जनाइएको छ । मैदान निर्माणकालागि स्थानीय केन्द्रप्रसाद संग्रौलाले १० लाख रुपैयाँ पर्ने जग्गा निःशुल्क दिइसकेका छन् । 

बैशाखबाट काम सुरु गर्ने लक्ष्य रहेको संगा्रौलाले बताउनुभयो । ‘चेन्जिङ रुम, स्टेज र दर्शक प्यारापिट सहितको सुविधायुक्त खेलमैदान बनाइनेछ, उहाँले भन्नुभयोे । सम्बन्धित निकायको वेवास्ताका कारण आफुहरु स्वयम्ले खेलमैदान निर्माणको अभियान थालेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार खेलमैदान निर्माणकालागि लालीगुराँस न.पा. १० मा स्थायी घर भई हाल कतारमा कार्यरत पवन लिम्बुले ३० हजार, दुबईमा कार्यरत पिताम्बर रोक्काले ३ हजार, दिपक खड्काले २ हजार र हाल काठमाडौंमा रहेकी प्रिति केप्छाकी मगरले २५ हजार रुपैयाँ उपलब्ध गराएका छन् । 

 यस्तै जलजले स्थायी घर भई हाल इजरायल रहेकी कमला सेनेहाङले २५ हजार, ओयाक्जुङ घर भई हाल इजरायल रहेका देव बाँस्कोटाले ५ हजार, लालीगुराँस न.पा. ८ घर भई हाल कोरियामा कार्यरत दुर्गा खवाहाङले १० हजार, हाल कतारमा कार्यरत डिकबहादुर श्रीपालीले ६ हजार २७ रुपैयाँ र रणबहादुर कटुवालले ६ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको विद्यालयका पुर्वविद्यार्थी संग्रौलाले जानकारी दिनुभयो ।

यस्तै लालीगुराँस नगरपालिकाका विभिन्न वडामा स्थायी घर भई हाल मलेसियामा कार्यरत हजेन्द्र संग्रौलाले ५ हजार ५ सय ५५, होमबहादुर संग्रौलाले ५ हजार २ सय, तेजबहादुर घिमिरेले ५ हजार १ सय, सन्दिप संग्रौलाले ५ हजार १ सय ११, बसन्त खड्काले ५ हजार, सिंहविर कार्कीले ५ हजार १ सय, रमेश थापाले ५ हजार १ सय ५१ र कुलबहादुर संग्रौलाले ५ हजार रुपैयाँ दिएका छन् । 

यस्तै कुमार विकले ५ हजार ५१, ओमबहादुर विष्टले ५ हजार, नैनबहादुर विष्टले ५ हजार, डम्बर विष्टले ५ हजार, मुकुन्द संग्रौलाले ५ हजार, गोपाल विष्टले ५ हजार, पवन संग्रौलाले ३ हजार ६ सय ३०, खड्ग लिम्बुले २ हजार ५ सय २५, सन्तोष न्यौपानेले २ हजार ५ सय २५, तोर्ण घोर्सानेले २ हजार ५ सय ५०, जुद्धबहादुर कार्कीले २ हजार ८ सय, सुवास कार्कीले २ हजार ५ सय २५, सर्वजित लिम्बुले २ हजार ६ सय ५०, गिरेन्द्र लिम्बुले २ हजार ५ सय २५, विशाल बरुवालले २ सय ४ सय २०, ठेगिन लिम्बुले १ सय २ सय ५०, ओमप्रकाश खड्काले १ हजार २ सय १०, नवराज खड्काले १ हजार २ सय १०, सन्तोष राईले १ हजार २ सय १०, महेश बास्तोलाले १ हजार २ सय १० र राजकुमार खत्रीले २ हजार ४ सय २० रुपैयाँ उपलब्ध गराएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु