१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जलवायु यन्त्र बिग्रँदा मौसम परिवर्तनबारे डडेल्धुराबासी अनभिज्ञ

२३ माघ २०७३, आईतवार ११:४६

माघ २३, डडेल्धुरा | तापक्रम तथा मौसमका बारेमा सूचित गर्ने अन्मा मिटर यन्त्र बिग्रँदा जलवायु परिवर्तनसम्बन्धी जानकारीवारे डडेल्धुरावासी अनभिज्ञ छन । हावापानी फिल्ड कार्यालय डडेल्धुरामा रहेका सो अन्मा मिटर विगत एक वर्षदेखि बिग्रिएको छ ।

जलवायु नाप्ने वा त्यसका बारेमा सूचना दिने अन्मा मिटर मर्मत हुन नसक्दा विपद एवम मौसमको पूर्वानुमानको सूचना सर्बसाधारणलाई दिन नसकेको हावापानी फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ । विपद्को उच्च जोखिम मानिएको यो जिल्लामा हावापानी तथा जलवायु पविर्तनसम्बन्धी पूर्वजानकारी गराउने अन्मा मिटर खराब भएको एक वर्षसम्म मर्मत हुन नसक्दा समस्या उत्पन्न हुन सक्ने महेन्द्र माविका शिक्षक अशोक बमले बताउनु भयो । हुरीबतासको मौसम आउनै लाग्दा पूर्वजानकारी गराउन सक्ने अन्मा मिटर खराबका कारण पूर्वानुमान गर्न नसकिने कार्यालयले जनाएको छ ।

हावापानीसँगै तापक्रम मापनमा सहयोग पु¥याउने अन्मा मिटर बिग्रँदा डडेल्धुराको तापमान पनि यकिन गर्न कार्यालयलाई समस्या हुने गरेको फिल्ड कार्यालय डडेल्धुराका निमित्त अधिकृत श्याम सुनारले बताउनु भयो । बिग्रेको एक वर्षसम्म अन्मा मिटर बन्न नसक्दा सबैभन्दा बढी असर जलवायु परिवर्तनको प्रभाव मापन हुन नसकेको हावापानी फिल्ड कार्यालय डडेल्धुराका निमित्त अधिकृत सुनारले बताए । मिटर बिग्रेको सम्बन्धित निकायमा परिपत्र गरेको एक वर्षसम्म भएपनि बजेटको अभाव देखाईएको बताइएको छ । मिटर मर्मतका लागि करिब रु दुई लाखसम्म खर्च लाग्ने अनुमान छ भने नयाँ खरिद गर्न करिब रु पाँच लाखसम्म खर्च लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की