<p><b>माघ २४, इलाम । </b>इलामको चिसापानी गाविसमा गएराति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । <br></p><p>चिसापानी–५ का ९८ वर्षीय जसबहादुर राईको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । </p><p>घरमा कोही नभएको बेला राति अचानक आगलागी हुँदा वृद्धको जलेर मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याइने प्रहरीले जनाएको छ । रासस </p>
