2026-08-17 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि अक्षयकोष स्थापना

अमृत बास्तोला/माघ २५, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयमा अंग्रेजी माध्म र कम्प्यूटर शिक्षा संचालनका लागि अक्षयकोष स्थापना भएको छ ।  

विद्यालयमा  ४० लाख रुपौया वढी  अक्षयकोष संकलन भएको छ । अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनका लागि संकलित अक्षयकोष कोष मध्ये आधाभन्दा बढी रकम दाताहरुबाट असुली भएको छ । दाताहरुबाट असुलीहुने क्रम जारी रहेको विद्यालयले जनाएको छ 

विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीहरुको आर्कषण बढे संगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरुगरे थियो । 

वर्तमानको समय कम्प्यूटरको युग भएकाले विज्ञान र प्रविधिमा विद्यार्थीहरुको आधारभूत सैद्धान्तिक र व्यावहारीक ज्ञान हुनु जरुरी भएकाले विद्यालयमा कम्प्यूटर शिक्षा संचालन गरिएको छ । शैक्षिक सत्र २०७० साल देखि नै विद्यालयले २८ सय वाटको सोलार प्रविधि जडान गरि विद्यालयमा आधाभूत कम्प्यूटर शिक्षा संचलान गरिएको प्रधानाध्यापक ईङनामले बताउनु भयो । 

आजको युग उच्च प्रतिशप्रर्धाको युग भएकाले विद्यार्थीहरु जुनसुकै ठाउँमा प्रतिशप्रर्धामा योग्य बनाउने अभिप्राय र अंग्रेजी भाषाको विश्वव्यापीकरणका साथै अभिभावकहरुको अंग्रेजी माध्यम प्रति आकर्षण र अभिरुचीलाई मध्यनजर गरेर शैक्षिक सत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्रधानाध्यापके भनाई रहेको छ । 

विद्यालयले कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा तीन सम्म अंग्रेजी माध्यमबाट पठन पाठन संचालन गरिरहेको छ । सरकारको शिक्षा निति स्पष्ट नभएको र विद्यालयको आन्तरिक स्रोत समेत कमजोर भएकाले दक्ष शिक्षकको व्यावस्थापनका लागि आर्थिक चुनौती रहेकाले, विद्यालयको असन्न २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसर बनाई अक्षयकोष अभियान संचालन गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामले जानकारी दिनु भयो । 

विद्यालयले संचालन गरेको अक्षयकोष अभियानमा विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी, स्थानीय अभिभावक, समाजसेवी, चन्दादाता तथा प्रवासी नेपालीहरु समेतले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । स्थापना भएको अक्षयकोषको ब्याजबाट अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापन गरिने विद्यालय स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट