पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/7bbde2d0a299f3e12c48c2fbaa6100ca1486475429.jpg" style="float: left;"><b>दिनेश ठकुल्ला | माघ २५, धनगढी |</b> जग्गा विषयमा विवाद उत्पन्न हुँदा कैलालीको घोडाघोडी नगरपालिका–१ रामपुरका एक बुवाले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । <br></p><p>७२ वर्षीय बृद्ध राजमले रोकायाले गएराति ४३ वर्षीय छोरा कर्ण रोकायाको टाउकोमा प्रहार गरी ज्यान लिएका हुन । धारिलो हतियार प्रहारबाट घाईते कर्णको घोडाघोडी अस्पतालमा उपारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । धारिलो हतियार प्रहार गर्ने बृद्ध राजमलेलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ । </p><p>यसैबीच, अत्तरिया नगरपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षीय रमेश ऐर मृत अवस्थामा राजमार्ग भन्दा केहि पर उत्तरतिर फेला परेका छन् । मृतकले वान्ता गरेको र कुनै घाउ चोट नभेटिएको प्रहरीले जनाएको छ । सेती अञ्चलमा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । </p>

