माघ २५, रौतहट | रौतहट क्षेत्र नं २ गाउँ विकास समिति नरकटियामा रहेको दलित बस्तीमा आज शीतलहरबाट पिडितहरुको लागि न्यानो लुगा तथा कम्बल वितरण गरिएको छ ।

गाउँ विकास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २५, रौतहट | रौतहट क्षेत्र नं २ गाउँ विकास समिति नरकटियामा रहेको दलित बस्तीमा आज शीतलहरबाट पिडितहरुको लागि न्यानो लुगा तथा कम्बल वितरण गरिएको छ ।

गाउँ विकास"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

दलित बस्तीमा ६० वर्ष भन्दा माथीका वृद्धवृद्धालाई कपडा तथा कम्बल वितरण

२०७३, २५ माघ मंगलवार १५:२६


माघ २५, रौतहट | रौतहट क्षेत्र नं २ गाउँ विकास समिति नरकटियामा रहेको दलित बस्तीमा आज शीतलहरबाट पिडितहरुको लागि न्यानो लुगा तथा कम्बल वितरण गरिएको छ ।

गाउँ विकास समिति नररकटियामा गरिब, असहाय, दलित , कमजोर परिवारजनमा रहेका ६० वर्ष माथिको पुरुष, महिला, वृद्ध वृद्धाहरुलाई माँ नामक संस्थाको सहयोग र पहल नेपाल संस्थाको संयोजक समाजसेवी सरोज रायको आयोजना एवं स्थानीय पत्रकार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा तथा मधेश प्रदेश अनलाईनका अध्यक्ष अभिमनु कुमार पटेलको बिशेष पहलमा ४० जनालाई वितरण गरिएका छन । न्यानो कपडा तथा कम्बल वृद्धवृद्धाहरुले पाएपछि धेरै हर्षित भएको थियो ।


सो न्यानो कपडा तथा कम्बल वितरण कार्यक्रममा पहल नेपाल सर्लाही संयोजक संजीप यादव , रिपोर्टर्स क्लब नेपाल रौतहट क्षेत्र नं २ क्षेत्रीय अध्यक्ष बिक्रान्त नारायण यादव , सशस्त्र प्रहरी बल सरमुजवा , प्रहरी चौकी मोतिपुर नरकटिया लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

त्यसै न्यानो कपडा तथा कम्बल वितरण कार्यक्रमको क्रममा गाउँ विकास समिति बसन्तपट्टी वार्ड नं ३ का कुष्ठ रोग लागेकोले धेरै दिन देखि गाउँबाट बाहिरीएका ३५ वर्षीय इनरदेव रामलाई कम्बल र कपडा सहयोग गरिएको छ । कुष्ठ रोगको उपचार लालगढको अस्पतालमा केहि दिन बसी उपचार गराई निको भएको ४ महिना भन्दा बढी हुदाँ पनि उहाको आफनै गाउँलेहरुले गाउँमा बस्न नदिएकोले राम गाउँबाट टाढा हुलाकी राजमार्ग सडकको किनारमा बस्न बाध्य बनेका हुन ।

- अभिमनु कुमार पटेलको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ