२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा बारमा सुरज खत्री

२०७३, २८ माघ शुक्रबार ०७:४४

माघ २८, भद्रपुर । नेपाल बार एसोसियसन झापा शाखाको अधिवेशनले सुरज खत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । 

कानुन व्यवसायीका छाता सङ्गठनको रुपमा रहेको सो एसोसियसनमा प्रजातान्त्रिक कानुन व्यवसायी र प्रगतिशील कानुन व्यवसायीबीच आलोपालो कार्यसमिति चयन गर्ने परम्परा अनुसार यसपटक प्रजातान्त्रिक कानुन व्यवसायीका तर्फबाट खत्री निर्विरोध निर्वाचित हुनुभएको हो । 

नेपाल डेमोक्र्याटिक्स लयर्स एसोसियसनको पूर्व जिल्ला अध्यक्षसमेत रहनुभएका खत्री यसअघि झापा बारको सल्लाहकार समेत हुनुहुन्थ्यो । 

आगामी तीन वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा पदम डाँगी, सचिवमा चित्रबहादुर मगर, सह–सचिवमा चन्द्रमाया श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मीप्रसाद सिवाकोटीलाई सर्वसम्मत चयन गरिएको छ । 

त्यसैगरी, सदस्यहरुमा रामबहादुर थापा, प्रेमप्रसाद विमली, राजेन्द्र खनाल, देवेन्द्र भण्डारी, पिताम्बर गौतम, कोपिला खड्का बस्नेत, बेनुप्रसाद सिटौला, सेमन्त मिश्रलाई सर्वसम्मत चयन गरिएको छ भने केन्द्रीय पार्षदमा नारायण श्रेष्ठ, नारायणकुमार कटुवाल, असारु राजवंशी, यज्ञलक्ष्मी चौलागाई, डिकबहादुर बुढाथोकी, भिमप्रसाद बराल र तिलक सिंह पाण्डेलाई चयन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा