२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

प्रक्रिया नपुर्याइ मेडिकलको ताला खोल्न डाक्टरले लेखे पत्र

२९ माघ २०७३, शनिबार १३:२९


सम्राट सिंह/माघ २९, बझाङ । अबैध ढंगले संचालन भएको भन्दै जिल्ला प्रशाशन कार्यालयले  तालाबन्दी गरेको निजी क्षेत्रबाट संचालित अमिसा अस्पतालको फार्मेसी खोल्नका लागी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर विष्णु खतिवडाले  नियम विपरित पत्राचार गरेको पाइएको छ । 

अस्पतालको फार्मेर्सीमा यस विषयमा कम्तीमा डिप्लोमा गरेको व्यक्ती हुनु पर्नेमा अनुगमनका क्रममा त्यसो नगरिएको पाइएकोले बुधबार प्रशाशनले ताला लगाइदिएको थियो । तालाबन्दी गर्दा अमिसा अस्पताललाई फार्मेसीमा योग्य व्यक्ती राखेर प्रमाण सहित सोको जानकारी जिल्ला प्रशाशन र जिल्ला स्वास्थ्य कार्यालयलाई दिन निर्देशन दिइएको थियो । 

डाक्टर खतिवडाले अमिसा अस्पतालले आवश्यक प्रमाण पेश गरिसकेको भन्दै फार्मेसीमा लगायकको ताला खोल्न अमिसा अस्पताललाई पत्रचार गरेका थिए । पत्रको बोधार्थ जिल्ला प्रशाशन कार्यालयलाई पनि दिइएको छ । पत्रमा भनिएको छ ‘त्यस अमिसा अस्पताल प्रालीलाई अनुगमनका क्रममा माग गरिएका कागजातहरु पेश भैसकेकोले अस्पतालको फार्मेसी पसल खोल्न अनुमती दिइएको व्यहोरा अनुरोध छ’

सोही पत्रको आधारमा ताला खोल्न गएका जिल्ला स्वास्थ्य कार्यालयका जिल्ला जनस्वास्थ्य अधिकृत दयाकृण्ण पन्तको टोली भने ताला खोल्नु पुर्व कागजात माग्दा अमिसाले पेश गर्न नसकेको र फार्मेसी पढेको मानिस पनि उपस्थित नभए पछि ताला नखोलि फर्किएको छ । 

जिल्ला जनस्वास्थ्य अधिकृत दयाकृण्ण पन्तले भने ‘स्वास्थ्य जस्तो क्षेत्रमा ढिला गर्नु हुन्न भनेर शनिवार भए पनि ताला खोल्न गएको थिए । तर अस्पतालले कागजात र व्यक्ती देखाउन नसकेकाले त्यसै फर्किनु पर्यो’ कार्यालयमा खोज्दा पनि अमिसाले पेश गरेका कागजहरु आफुले पाउन नसकेको उनले बताए । ‘शनिवार भएकोले पनि हुन सक्छ । कार्यालयमा पनि कागज भेटिएनन । त्यहां नभेटे पनि अस्पतालले देखाउन सक्नु पथ्र्यो । त्यो पनि भएन’

यता डाक्टर विण्णु खतिवडाले भने अमिसाले फार्मेसी पढेको व्यक्ती राखेको कागजातहरु अमिसा अस्पतालले जिल्ला स्वास्थ्य कार्यालयमा पेश गरिसकेको र सो को फाइल आफु संग सुरक्षित रहेको बताएका छन । खतिवडाले भने ‘खासमा प्रशाशनले लगाएको ताला उसैले खोल्नु पर्ने हो । हामीलाई खोल्न भने पनि प्रमाण पुर्याएर पत्र काटेको हुं’

सदरमुकामका सबै मेडिकलमा ताला लगाएर अमिसा अस्पतालको मात्र खोल्न दिनुमा अमिसा अस्पताल चलाउने र अरु वन्द गर्ने रणनिती भएको धेरैले शंका गरेका छन । जिल्ला स्वास्थ्य कार्यालयका  केही कर्मचारीको समेत शेयर रहेको अमिसा अस्पतालमा विरामीको चाप बढाउनका लागी सरकारी क्षेत्रको जिल्ला अस्पतालको एक्सरे विगार्ने, औसधीको अभाव देखाउने र राम्रो काम गर्ने कर्मचारीलाई विभिन्न खालका दवाव सिर्जना गरेर जिल्लामा नवस्ने वातावरण  स्वास्थ्यकै कर्मचारीले सिर्जना गर्ने गरेको आरोप स्थानियले लगाउदै आएका छन । 

जिल्ला प्रशाशन कार्यालयले अमिसाको फार्मेसीमा ताला लगाय पनि ताला खोल्ने व्यहोराको पत्र आफु कहां नआएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताएका छन । प्रक्रिया नपुर्याइ ताला खोल्न अनुमती दिएको भेटिए जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खतिवडालाई कारबाही गरिने उनको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द