२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

प्रक्रिया नपुर्याइ मेडिकलको ताला खोल्न डाक्टरले लेखे पत्र

२०७३, २९ माघ शनिबार १३:२९


सम्राट सिंह/माघ २९, बझाङ । अबैध ढंगले संचालन भएको भन्दै जिल्ला प्रशाशन कार्यालयले  तालाबन्दी गरेको निजी क्षेत्रबाट संचालित अमिसा अस्पतालको फार्मेसी खोल्नका लागी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर विष्णु खतिवडाले  नियम विपरित पत्राचार गरेको पाइएको छ । 

अस्पतालको फार्मेर्सीमा यस विषयमा कम्तीमा डिप्लोमा गरेको व्यक्ती हुनु पर्नेमा अनुगमनका क्रममा त्यसो नगरिएको पाइएकोले बुधबार प्रशाशनले ताला लगाइदिएको थियो । तालाबन्दी गर्दा अमिसा अस्पताललाई फार्मेसीमा योग्य व्यक्ती राखेर प्रमाण सहित सोको जानकारी जिल्ला प्रशाशन र जिल्ला स्वास्थ्य कार्यालयलाई दिन निर्देशन दिइएको थियो । 

डाक्टर खतिवडाले अमिसा अस्पतालले आवश्यक प्रमाण पेश गरिसकेको भन्दै फार्मेसीमा लगायकको ताला खोल्न अमिसा अस्पताललाई पत्रचार गरेका थिए । पत्रको बोधार्थ जिल्ला प्रशाशन कार्यालयलाई पनि दिइएको छ । पत्रमा भनिएको छ ‘त्यस अमिसा अस्पताल प्रालीलाई अनुगमनका क्रममा माग गरिएका कागजातहरु पेश भैसकेकोले अस्पतालको फार्मेसी पसल खोल्न अनुमती दिइएको व्यहोरा अनुरोध छ’

सोही पत्रको आधारमा ताला खोल्न गएका जिल्ला स्वास्थ्य कार्यालयका जिल्ला जनस्वास्थ्य अधिकृत दयाकृण्ण पन्तको टोली भने ताला खोल्नु पुर्व कागजात माग्दा अमिसाले पेश गर्न नसकेको र फार्मेसी पढेको मानिस पनि उपस्थित नभए पछि ताला नखोलि फर्किएको छ । 

जिल्ला जनस्वास्थ्य अधिकृत दयाकृण्ण पन्तले भने ‘स्वास्थ्य जस्तो क्षेत्रमा ढिला गर्नु हुन्न भनेर शनिवार भए पनि ताला खोल्न गएको थिए । तर अस्पतालले कागजात र व्यक्ती देखाउन नसकेकाले त्यसै फर्किनु पर्यो’ कार्यालयमा खोज्दा पनि अमिसाले पेश गरेका कागजहरु आफुले पाउन नसकेको उनले बताए । ‘शनिवार भएकोले पनि हुन सक्छ । कार्यालयमा पनि कागज भेटिएनन । त्यहां नभेटे पनि अस्पतालले देखाउन सक्नु पथ्र्यो । त्यो पनि भएन’

यता डाक्टर विण्णु खतिवडाले भने अमिसाले फार्मेसी पढेको व्यक्ती राखेको कागजातहरु अमिसा अस्पतालले जिल्ला स्वास्थ्य कार्यालयमा पेश गरिसकेको र सो को फाइल आफु संग सुरक्षित रहेको बताएका छन । खतिवडाले भने ‘खासमा प्रशाशनले लगाएको ताला उसैले खोल्नु पर्ने हो । हामीलाई खोल्न भने पनि प्रमाण पुर्याएर पत्र काटेको हुं’

सदरमुकामका सबै मेडिकलमा ताला लगाएर अमिसा अस्पतालको मात्र खोल्न दिनुमा अमिसा अस्पताल चलाउने र अरु वन्द गर्ने रणनिती भएको धेरैले शंका गरेका छन । जिल्ला स्वास्थ्य कार्यालयका  केही कर्मचारीको समेत शेयर रहेको अमिसा अस्पतालमा विरामीको चाप बढाउनका लागी सरकारी क्षेत्रको जिल्ला अस्पतालको एक्सरे विगार्ने, औसधीको अभाव देखाउने र राम्रो काम गर्ने कर्मचारीलाई विभिन्न खालका दवाव सिर्जना गरेर जिल्लामा नवस्ने वातावरण  स्वास्थ्यकै कर्मचारीले सिर्जना गर्ने गरेको आरोप स्थानियले लगाउदै आएका छन । 

जिल्ला प्रशाशन कार्यालयले अमिसाको फार्मेसीमा ताला लगाय पनि ताला खोल्ने व्यहोराको पत्र आफु कहां नआएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताएका छन । प्रक्रिया नपुर्याइ ताला खोल्न अनुमती दिएको भेटिए जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खतिवडालाई कारबाही गरिने उनको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी