फागुन १, काठमाण्डौ । विगत ८ वर्षदेखि गर्न नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको घोषणा भएपछि विद्यार्थी नेताहरु पनि आ–आफनो पक्षमा विद्यार्थीलाई पार्न जोड तोडका सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १, काठमाण्डौ । विगत ८ वर्षदेखि गर्न नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको घोषणा भएपछि विद्यार्थी नेताहरु पनि आ–आफनो पक्षमा विद्यार्थीलाई पार्न जोड तोडका सा"/>
2026-09-19 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

स्वूवियू चुनावको माहौल बनाउदै गणेश

फागुन १, काठमाण्डौ । विगत ८ वर्षदेखि गर्न नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको घोषणा भएपछि विद्यार्थी नेताहरु पनि आ–आफनो पक्षमा विद्यार्थीलाई पार्न जोड तोडका साथ लागि परेका छन । 

विहानको पर्खाईमा बसेका विद्यार्थी नेताहरु साझ नपरुञ्जेल फुर्सदमै हुन्नन । नया विद्यार्थीलाई चिल्ला कुरा गरेर फकाउन होस या पुराना विद्यार्थीको मन जित्न । देशै भरिका क्याम्पसहरुमा यहि दृश्य देख्न पाईन्छ । मोफसलका क्याम्पस र विद्यार्थी नेताहरु पनि चुनावले तात्तिएका छन । त्यसैमा पनि देशकै ठुलो प्रतिष्ठत र पुरानो कलेजको त कुरै गरेर साध्यै छैन । धेरै विद्यार्थी रहेको त्रिभविन विश्वविद्यालयमा विभिन्न विद्याथी सगठनका आकाङक्षी उम्मेद्वारहरुको त कुरै छोडौ, एउटै सगठनबाट पनि धेरै जना आकाङक्षी छन । कून सगठनबाट को उम्मेद्वार बन्ने भन्ने टुङगो भने लागि सकेको छैन ।   

उम्मेद्वारको टुङगो नलागेपनि विद्यार्थी नेताहरु भने आफनो पक्षमा चुनावको माहौल बनाउने लागेका धेरै भईसकेको छ । करिव एक दशकदेखि नेपाल विद्यार्थी सघमा सक्रिय भएर लागि रहनुभएका सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामका गणेश ठकुल्ला पनि स्ववियू चुनावको लागि कस्सिएर लागि रहनुभएको छ । हाल त्रिविको नेपाल विद्यार्थी सघ अछाम काठमाण्डौ सम्पर्क समितिका सचिव समेत रहनुभएका ठकुल्ला नेविसघका सम्भावित उम्मेद्वार हुन । यद्यपी टुङगो भने लागि सकेको छैन तर, उनको पक्षमा धेरै विद्याथीको समर्थन जुटदै गएकाले उनी नेविसको आधिकारीक उम्मेद्वार हुने धेरैको अनुमान छ । विद्यार्थी नेत्वृत्व राजनीतिक मुद्धामा अल्झिएको प्रति चिन्ता व्यक्त गर्ने ठकुल्ला अवको विद्यार्थी नेत्वृत्वले आर्थिक र विकाशको मुद्धालाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । ढुङगा मुडा, टायर बाल्ने, जुलुस र्यालीमा विद्यार्थी सक्रिय हुनुभन्दा विकाश निर्माणका काममा लाग्नुपर्ने उहाको जोड छ । 

मावि तहबाटै २०६३ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय ठकुल्ला २०६६ सालमा नेविसघ बरदादेवी गाउ ईकाई समितिको सभापति हुनुभएको थियो । २०६६ सालमै नेपाली काग्रैसको क्रियाशिल सदस्यता, २०६९ सालमा नेविसघ कैलालीको ११ औ जिल्ला प्रतिनिधि हुदै ठकुल्ला अव केन्द्रिय राजनीतिमा आफनो स्थान सुरक्षित गर्ने प्रयासमा छन । उहाले अछामको बर्दादेवी गाविसमा रहेक सरस्वती उच्च माविबाट २०६४ सालमा एसएलसी,  २०६७ सालमा १२ कक्षा पास गर्नुभएको थियो । २०७० मा कैलाली बहुमुखी क्याम्पसबाट स्तानक तह उत्तिर्ण गर्नुभएका ठकुल्ला हाल त्रिभुवन विश्वविद्यालयको केन्द्रिय व्यवस्थापन सकायमा अध्ययनरत हुनुहुन्छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई