2026-10-18 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सँगै पढ्छन् नाति–बज्यै, ४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया

प्रकाश धौलाकोटी, फागुन ३, तेह्रथुम । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बन्नुभएको छ । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै हुनुहुन्छ । 

एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले नाति वसन्तसँगै कक्षा १ मा पढ्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पढ्ने उमेरमा पढ्न पाइएन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेपछि केही नभए आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उहाँको भनाइ छ । 

“सही गर भनेर लगाउँछन्, आफूलाई आउँदैन” उहाँ भन्नुहुन्छ, “हात समातेर ल्याप्चे लगाउँदा कस्तो ठाउँमा ल्याप्चे लगाएँ भन्ने शङ्का पनि हुन्छ ।” उहाँलाई विद्यालय गएर किताब पढ्न, मनमा लागेका कुरा लेख्न र पढ्न सक्ने हुने मन छ । उमेरमा पढ्न नपाएको प्रति उहाँलाई पछुतो छ । सुरुमा प्रौढ कक्षा जानुभएकी सानुमाया अहिले विद्यालय जान थाल्नुभएको हो । 

“गाउँमा प्रौढ कक्षा सञ्चालन हुँदा दुई घन्टामा केही सिकिएन,” उहाँले भन्नुभयो, “त्यही भएर विद्यालय नै जाऊ, पढ भन्ने सल्लाह सबैले दिएपछि आउन थालेकी हुँ ।” कक्षामा नातिनातिना उमेरका बालबालिकासँग खेल्दै पढ्दै गर्न निकै रमाइलो हुने, तर गृहकार्य गर्न नजान्दा लाज हुने गरेको उहाँले स्पष्ट गर्नुभयो । सानुमाया नियमित विद्यालय आउने गरेको प्रअ हरिप्रसाद लामिछाने बताउनुहुन्छ । 

त्यसो त देख्नेलाई पनि अचम्मै लाग्ने गरी सानुमाया हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल गइरहनुहुन्छ तर उहाँ आफू पढ्नभन्दा पनि नातिलाई पु¥याउन गएको भनेर सोच्ने गर्नुहुन्छ । सानुमायाका तीन भाइ छोरा छन् । उनीहरुको विवाह भइसकेको छ । अहिले उहाँको काम घरमा बस्ने, बिहान बेलुका खाना पकाउने र खाने मात्रै हो । “छोराहरु हुर्किए, छोरीहरुको विवाहदान गराएँ, नाति पनि पढ्दैछन्”, उहाँ भन्नुहुन्छ, “तर पनि मन ग¥यो भने केही कुरा सिक्न सकिन्छ भन्ने लागेर स्कुल जान थालेकी हुँ ।” 

स्कुल जान थालेपछि उहाँलाई अहिले साउँ अक्षरसँगै नाम लेख्न, पढ्न आउन थालेको छ । उनको मेहनतले उनलाई छिट्टै सफलता मिल्ने शिक्षक उमानाथ भण्डारीले बताउनुभयो । “भर्ना भएको चार महिनामै कक्षा १ मा पुगेकी हुन्, उनको मेहनत अहिले पनि राम्रो छ, उत्सुक छिन् ” भण्डारीले भन्नुभयो । 

उहाँलाई अहिले देउराली सोसाइटी नामक संस्थाको सहजीकरणमा चलिरहेको स्थानीय अधिकार कार्यक्रमले अझै हौसला प्रदान गरेको छ । दुर्गम गाउँका महिलालाई समूहमा आबद्ध गराई विभिन्न अधिकारका कुराबारे जानकारी गराउने अभियान पुरानागाउँमा चलिरहेको छ । सानुमाया पनि अभियान चौतारीमा गएर छलफलमा सहभागी हुने गर्नुभएको छ । यहाँको आदर्श अभियान चौतारीमा हरेक महिनाको दुई पटक अधिकारबारे छलफल हुन्छ । 

चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकारलगायतबारे थाहा पाउने भएपछि सानुमाया जस्ता थुप्रै महिलाले सिक्ने अवसर पाएको सदस्य सुशीला मग्राँतीले बताउनुभयो । “अभियान चौतारीमा शिक्षा अधिकारबारे छलफल हुँदा अरु महिलालाई पनि सानुमाया जस्तै विद्यालय गएर पढ्न प्रोत्साहन गरेका छौँ”, स्थानीय सामाजिक परिचालक सीता निरौलाले भन्नुभयो । 

गाउँका महिलामध्ये अधिकांश निरक्षर छन् तर इच्छा हुनेले साक्षर बन्न चाहे चौतारीमार्फत सजिलै विद्यालयसम्म पुग्ने वातावरण सिर्जना गरिदिने उहाँले बताउनुभयो । जिल्लालाई हाल पूर्ण साक्षर बनाउने अभियान समेत चलिरहेको छ । जिल्ला शिक्षा कार्यालयले सामुदायिक अध्ययन केन्द्रमार्फत पूर्ण साक्षर बनाउने अभियान चलाइरहेको छ । 

“निरक्षरलाई साक्षर बनाउन गाउँ गाउँमा प्रौढ कक्षा सञ्चालन भइरहेका छन्” जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले भन्नुभयोे । उहाँले इच्छाशक्ति भए जुनसुकै बेला पनि विद्यालय गएर शिक्षा हासिल गर्न सकिने बताउनुभयो ।” “ज्ञान कहिल्यै बूढो हुँदैन” उहाँले भन्नुभयो, “त्यसैले ज्ञान सिक्न पनि उमेरले छेक्दैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु