२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

महिला कोटामा पुरुष शिक्षक छानिएपछि…

२०७३, ५ फाल्गुन बिहीबार ०७:४०

मनोज पराजुली | फागुन ५, गोरखा | गोरखाको थालाजुङ गाविस स्थित श्री नवचेतना प्रा विले महिलाको कोटामा पुरुष शिक्षक छनोट गर्ने गरि परिक्षा लिएको छ । 

तीन जनाको दरबन्दी रहेको उक्त बिध्यलायामा २ जनाको दरबन्दी खाली रहेकोमा एक जना महिला शिक्षक सरुवा भएर उक्त बिध्यालयमा हाजिर भएपछि माघ १३ गते बिज्ञापन खुलाइएको थियो । शिक्षा नियामावली अनुसार महिला कोटा खाली रहेको अवस्थामा महिलानै नियुक्ति गर्नुपर्नेमा उल्टो गरिएको थियो । बिज्ञापन अनुसार तीन जना महिलासँगै एक जना पुरुषको आवेदन दिए । 

तर फागुन १ गते लिइएको महिला कोटाको परीक्षाबाट अशोक कुमार अधिकरीको नाम आगाडी आएको छ भने  प्रतिमा ढकाल घिमिरेलाई बैकल्पिक सुचिमा राखिएको छ । बैकल्पिक सुचिमा परेकी प्रतिमा ढकाल घिमिरेले उक्त बिज्ञापन अनुसार आफुले नियुत्ति पाउनुपर्ने भन्दै जिल्ला शिक्षा  कार्यालय गोरखामा निवेदन दिएकी छिन् । उनले शिक्षा नियामावली अनुसार महिला कोटाको बिज्ञापनमा महिलाको मात्र आवेदन लिनुपर्नेमा पुरुषको पनि आवेदन स्वीकृत गर्नु र उल्टो महिला कोटामा पुरुष छनोट गर्नु अन्याय भएको बताइन ।  

यसै बिषयमा साझा सबालको जिज्ञाशामा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले महिला शिक्षक छनोटको लागि जिल्ला शिक्षा कार्यलयले उक्त बिद्यालयलाई अनुमति दिएको बताए । सुवेदीले भने 'यो बिषयमा बिद्यालयलाई पत्र पठाइएको छ । महिला-महिला बीच प्रतिस्पर्धा गराउनुपर्नेमा महिला-पुरुष बिच प्रतिस्प्रधा गराइएको पाईए त्यसलाई  बदर गरि पुन: बिज्ञापन मार्फत पदपूर्ति गरिनेछ ।' 

यता बिद्यालयका प्रध्यानाद्यापक गणेश मरहट्टाले महिला शिक्षक सरुवा भएर आएपछि निकालिएको सूचनामा खुल्ला कोटा हुनुपर्नेमा महिला कोटा भनि बिज्ञापन गरिएको भन्दै गल्ति स्विकारेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !