१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

महिला कोटामा पुरुष शिक्षक छानिएपछि…

५ फाल्गुन २०७३, बिहीबार ०७:४०

मनोज पराजुली | फागुन ५, गोरखा | गोरखाको थालाजुङ गाविस स्थित श्री नवचेतना प्रा विले महिलाको कोटामा पुरुष शिक्षक छनोट गर्ने गरि परिक्षा लिएको छ । 

तीन जनाको दरबन्दी रहेको उक्त बिध्यलायामा २ जनाको दरबन्दी खाली रहेकोमा एक जना महिला शिक्षक सरुवा भएर उक्त बिध्यालयमा हाजिर भएपछि माघ १३ गते बिज्ञापन खुलाइएको थियो । शिक्षा नियामावली अनुसार महिला कोटा खाली रहेको अवस्थामा महिलानै नियुक्ति गर्नुपर्नेमा उल्टो गरिएको थियो । बिज्ञापन अनुसार तीन जना महिलासँगै एक जना पुरुषको आवेदन दिए । 

तर फागुन १ गते लिइएको महिला कोटाको परीक्षाबाट अशोक कुमार अधिकरीको नाम आगाडी आएको छ भने  प्रतिमा ढकाल घिमिरेलाई बैकल्पिक सुचिमा राखिएको छ । बैकल्पिक सुचिमा परेकी प्रतिमा ढकाल घिमिरेले उक्त बिज्ञापन अनुसार आफुले नियुत्ति पाउनुपर्ने भन्दै जिल्ला शिक्षा  कार्यालय गोरखामा निवेदन दिएकी छिन् । उनले शिक्षा नियामावली अनुसार महिला कोटाको बिज्ञापनमा महिलाको मात्र आवेदन लिनुपर्नेमा पुरुषको पनि आवेदन स्वीकृत गर्नु र उल्टो महिला कोटामा पुरुष छनोट गर्नु अन्याय भएको बताइन ।  

यसै बिषयमा साझा सबालको जिज्ञाशामा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले महिला शिक्षक छनोटको लागि जिल्ला शिक्षा कार्यलयले उक्त बिद्यालयलाई अनुमति दिएको बताए । सुवेदीले भने 'यो बिषयमा बिद्यालयलाई पत्र पठाइएको छ । महिला-महिला बीच प्रतिस्पर्धा गराउनुपर्नेमा महिला-पुरुष बिच प्रतिस्प्रधा गराइएको पाईए त्यसलाई  बदर गरि पुन: बिज्ञापन मार्फत पदपूर्ति गरिनेछ ।' 

यता बिद्यालयका प्रध्यानाद्यापक गणेश मरहट्टाले महिला शिक्षक सरुवा भएर आएपछि निकालिएको सूचनामा खुल्ला कोटा हुनुपर्नेमा महिला कोटा भनि बिज्ञापन गरिएको भन्दै गल्ति स्विकारेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन