२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सहायक प्रजिअलाई कारवाही माग

२०७२, ११ भाद्र शुक्रबार ०४:१९

नरी बडु, भदौ ११, बैतडी / सहायक प्रमुख जिल्ला अधिकारी मंगलबहादुर शाहीलाई बिहिबार बैतडी सदरमुकामका बासिन्दाले कारवाही गरिनुपर्ने माग गरेका छन् ।

      बिहिबार स्थानीय ब्यापारी, राजनीतिक दल लगायतको समूहले सेवाग्राही र ब्यापारीबाट अनावश्यक रकम असुल्ने गरेको भन्दै कारवाहीको माग गरेका हुन । उनीहरुले प्रशासन समक्ष सार्वजनिक माफी मागेर सरुवा गरिनुपर्ने माग गरेका हुन ।

बुधबार एक गैरसरकारी संस्था नबीकरण गर्दा ५ सय दस्तुर लाग्ने ठाउमा ४ हजार ५ सय घुस लिन लगाएका थिए । बेलाबेलामा ब्यापारीलाई तर्साएर रकम नदिए दुःख दिएर पदीय मर्यादा र जिम्मेवारी विपरित काम गरेको स्थानीयको आरोप छ । स्थानीयले तत्काल कारवाही नगरे संघर्ष गर्ने चेतावनी दिएका छन् ।

रकम नदिए संस्थाको बारेमा छानबिन गरिने भन्दै ५ हजार मागेका थिए । ‘तपाईको संस्था धर्म प्रचारण गर्दै हिड्छ भन्ने गुनासो आएकाले, ३ प्रतिशत रकम नदिए नवीकरण नहुने भन्दै काम रोके ।’ स्नेही महिला जागरण केन्द्रकी कोषाध्यक्ष बेलु क्षेत्रीले भनिन्, ‘५ हजार लिएर ५ सयको रसीद दिएपछि सार्वजनिक गरेको हो ।’

नियम बिपरित थप रकम लिएर गल्ती भएको शाहीले स्वीकारेका छन् । प्रजिअ लिलाधर अधिकारीले मातहतका कर्मचारीबाट गल्ती भएको भन्दै अन्य आरोपका बारेमा छानबिन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने