फागुन १०, कैलाली | कैलालीको धनगढीमा अहिले रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण रगतको चरम अभाव भएको छ । 

रक्तसञ्चार केन्द्र धनगढीमा एक हप्तायता रगतको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, कैलाली | कैलालीको धनगढीमा अहिले रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण रगतको चरम अभाव भएको छ । 

रक्तसञ्चार केन्द्र धनगढीमा एक हप्तायता रगतको "/>

2026-09-19 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

रक्तदान नगर्ने प्रवृत्तिले रगतको चरम अभाव

फागुन १०, कैलाली | कैलालीको धनगढीमा अहिले रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण रगतको चरम अभाव भएको छ । 

रक्तसञ्चार केन्द्र धनगढीमा एक हप्तायता रगतको चरम अभाव भएको र अहिले कुनै पनि समूहको रगत मौज्दात नभएको रक्त सञ्चार केन्द्र, धनगढीले जनाएको छ । 

नेपाल रेडक्रस सोसाइटी मातहतको रक्तसञ्चार केन्द्र, धनगढीमा एक हप्तायता कुनै पनि समूहको रगत एक पोका पनि मौज्दात नरहेको रक्त सञ्चार केन्द्रका प्रमुख धरणीधर पन्तले बताउनुभएको छ । उहाँले रक्तसञ्चार केन्द्रले रगत दान गरेमा स्वास्थ्यमा कुनै असर पर्दैन भन्ने कुरा बुझाउन नसक्नु र नियमित रगत दान गर्ने व्यक्तिले निरन्तर रुपमा रक्तदान नगर्नुलगायतका कारणले रगतको अभाव भएको जानकारी दिनुभएको छ । 

मानव शरीरमा रगत निश्चित अनुपातमा हुने गर्दछ । पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । तर हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ । 

रक्तसञ्चार केन्द्रले गएको माघसम्म मात्रै गत आर्थिक वर्षको मौज्दात दुई पोका र यस आवमा दुई हजार २९५ गरी, दुई हजार २९७ पोका रगत वितरण गरेको छ । 

मानिसको शरीरमा बन्ने रगतको आयु १२० दिन मात्रै हुने भएकाले नियमित रगत दान गरेमा स्वास्थ्य झन् राम्रो हुने तथा फूर्ति आउने सेती अञ्चल अस्पतालमा कार्यरत डा गणेश सिंहले बताउनुभएको छ । 

स्वास्थ्यकर्मीको भनाइअनुसार एउटा स्वस्थ व्यक्तिले प्रतिकेजीमा आठ मिलिलिटर रगत दान गर्दा फरक पर्दैन । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई