१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

आगलागि पिडितलाई एमालेद्वारा राहत वितरण

१० फाल्गुन २०७३, मंगलवार ०२:३१

कृष्ण कँडेल | फागुन १०, बागलुङ | नेकपा एमाले अधिकारीचौर गाउँ कामिटिले गत माघ २४ गते आगलागीमा परि ज्यान गुमाएका अधिकारीचौर–३ घैयाखानीका दुई बालबालिकाका अभिभावकलाई नगद राहत प्रदान गरेको छ । 

घैयाखानीमा रहेको अस्थायि गोठमा आगलागी हुँदा ओमकार विकका ७ बर्षका छोरा यमलाल विक र ३ बर्षका छोरी सम्भना विकको ज्यान गएको थियो । 

एमाले अधिकारीचौर गाउँ कमिटिले दिवंगत बालबालिकाको सम्झनामा एक श्रदाञ्जली कार्यक्रमको आयोजना गरि एमाले समर्थक तथा शुभचिन्तकबाट संकलन गरिएको नगद १५ हजार २ सय रुपैयाँ हस्तान्त्रण गरेको हो । 

एमाले बागलुङका जिल्ला सचिवालय सदस्य लक्ष्मण पुनले स्वार्गीय वालवालिकाका वुवा ओमकार विकलाई रकम हस्तान्त्रण गर्नुभएको ग्रामिण विकाश मञ्च अधिकारीचौरका अध्यक्ष उमेश बुढाले जानकारी दिनुभयो । 

रकम हस्तान्त्रणपछि बौल्दै सचिवालय सदस्य पुनले अचानक हुने प्राकृतिक विपत्ति जो कसैलाई पनि पर्नसक्ने हुँदा गाउँ कमिटिले गरेको सहयोगले सोकमा परेको परिवारलाई केहि भएपनि राहत हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमम निवर्तमान जिल्ला सचिवालय सदस्य दलबहादुर घर्ती,  वडा नागरिक मञ्चका संयोजक थमबहादुर छन्त्याल, स्थानिय दलित जागरण युवा क्लवका अध्यक्ष रनबहादुर विक, एक्टिभ महिला समुहका अध्यक्ष डिलकुमारी छन्त्याल र जनता प्राविका प्रधानाध्यापक रुपप्रसाद भण्डारीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम नेकपा एमाले गाउँ कामिटि अधिकारीचौरका अध्यक्ष सुनिल घर्तीको अध्यक्षता र सचिव प्रेम घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन