१९ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

मापदण्ड विपरीत पशु बधशाला

१२ फाल्गुन २०७३, बिहीबार ०३:०७

फागुन १२, रामपुर (पाल्पा) | सरकारले स्वस्थ मासु उत्पादनका लागि पशु बधशाला तथा मासु जाँच ऐननियम बनाए पनि यहाँ लागू हुन सकिरहेको छैन । पशु बधशाला र मासु जाँच ऐन, २०५५ र पशु बधशाला तथा मासु जाँच नियमावली, २०५७ कागजी पानामा मात्र सीमित हुन पुगेको छ । 

सरकारले स्वस्थकर मासु उत्पादनका लागि मासु बधशाला र मासु जाँच ऐन नियमावली बनाए पनि व्यवसायीले सो नियमावली अवलम्बन नगरेको पाइएको छ । उपभोक्तालाई सफा र स्वस्थकर मासु बिक्री गर्न र विभिन्न मासुजन्य रोगबाट टाढा रहनका लागि पशु बधशाला तथा मासु जाँच ऐन बनाएको हो । 

पाल्पामा दर्ता भएका एकसय ५२ र दर्ता नभएका ७४ वटा गरी जम्मा दुईसय २६ वटा मासु पसल सञ्चालनमा आएको जिल्ला पशु सेवा कार्यालय पाल्पाका निमित्त पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले बताउनुभयो । 

कार्यालयले समय समयमा मासु पसलको अनुगमन, अन्तरक्रिया, गोष्ठी, पशु बधशाला, मासु जाँच ऐन नियमावलीसम्बन्धी व्यवसायीलाई जानकारी गराउँदै आइरहेको उहाँले बताउनुभयो । तर पनि व्यवसायीले ध्यान र चिन्तन नगरीदिँदा मासु ऐन नियमावली कार्यान्वयन हुन सकिरहेको छैन । 

मासुमा आत्मनिर्भर भए पनि जिल्लामा उपभोक्ताले शुद्ध मासु उपभोग गर्न पाइरहेका छैनन् । यहाँ सञ्चालित अधिकांश पसल मापदण्ड विपरीत रहेका छन् । ऐननियमअनुसार व्यवसाय चलाउँदा कहिलेकाहीँ उपभोक्ता मासुमा ठगिने पनि गरेका छन् । कार्यालयले अनुगमनका क्रममा मासु सुधार ऐन, मासु पसल सरसफाइ, मासु पसलमा हुनुपर्ने मापदण्ड, मासुको मूल्यसूची अनिवार्य राख्नुपर्ने लगायतका विषयमा सहभागीलाई पटकपटक जानकारी गराउँदै आए पनि व्यवसायीले बेवास्ता गरेको बताउँदै उपभोक्तालाई पनि सचेत रहन कार्यालयका पशु चिकित्सक उत्तम आचार्यले आग्रह गर्नुभयो । 

रामपुर क्षेत्रमा मात्र ८० को हाराहारीमा मासु पसल सञ्चालनमा आए पनि ३२ वटा व्यवसायीले मात्र दर्ता गरेर व्यवसाय चलाएको मासु व्यवसायी सङ्घ रामपुरका अध्यक्ष ऋषि पोखरेलले बताउनुभयो । जिल्लाका अधिकांश मासु व्यवसायी पशु बधशाला र मासु जाँच ऐन नियमावलीबारे अनभिज्ञ छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए