अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा शिवरात्री विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

संक्रान्तिबजार स्थित नागे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा शिवरात्री विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

संक्रान्तिबजार स्थित नागे"/>

2026-10-18 04:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

शिवालय मन्दिरमा बहास प्रतिस्थापन, प्रहरी जवान सम्मानित


अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा शिवरात्री विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

संक्रान्तिबजार स्थित नागेश्वर पंञ्चायङ्ग शिवालय मन्दिरमा भगवान् शिवजीको बहान बसाहा नन्दीको प्रतिस्थापन गरिएको छ । विमली बन्धु समाजद्धारा २०२२ सालमा निर्मीत मन्दिरमा धार्मिक संस्कार अनुसार पुजा आर्चना गरी नन्दीको प्रतिक राखिएको हो । 

शिवरात्रीको अवसर पारेर झापा जिल्ला दमक १३ निवासी बृहस्पती बिमलीले श्रीमती स्वर्गिय दमयन्ता विमलीको स्मृतीमा नन्दीको स्थापना गर्नु भएको हो ।

सोही अवसरमा संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीमा आप्mनो ज्यानको कुनै प्रवाह नगरी आगो नियन्त्रणमा खटिनुभएका ईलाका प्रहरी कार्यालयका प्रहरी जवान सन्तोष न्यौपानेलाई सम्मान गरिएको छ । संखुवासभा खाँदबारी निवासी प्रहरी जवान न्यौपानेलाई विमली बन्धु समाजले नगद ५ हजार र सम्मान पत्रले सम्मान गरेको हो । 

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

शिवरात्री भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ ऊँ नमः शिवाय“ मंत्र जप्ने गरेमा सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको बताइएको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु