2026-10-17 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा स्ववियु निर्वाचन: दुई क्याम्पसमा नेवि संघ विजयी, अन्य चार क्याम्पसमा स्थगित

प्रकाश धौलाकोटी | फागुन १८, तेह्रथुम | तेह्रथुमको जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले जितेको छ । 

एक त्रिवि आंङ्गिक क्याम्पससहित छ वटा क्याम्पस रहेको जिल्लाका तेह्रथुम बहुमुखी, म्याङलुङ्ग बहुमुखी, बसन्त बहुमुखी र ह्यात्रुङ झरना क्याम्पसमा भने विद्यार्थी संगठनको विवादका कारण निर्वाचन हुन सकेनँ । 

पुर्वनिर्धारित कार्यतालिका बमोजिम नै निर्वाचन भएको जिरिखिम्ती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको सेटले नै विजयी हासिल गरेको सेटले नै विजयी हासिल गरेको छ । निर्वाचनबाट सभापतिमा रोमन गौतम, सचिवमा रविन लिम्बु र कोषाध्यक्षमा टिका सिंजागु तथा सदस्यहरुमा सीता कार्की, फुलकुमारी लिम्बु र चन्द्र बुढाथोकी बहुमतले निर्वाचित भएको क्याम्पस प्रमुख गोविन्द सोदेम्बाले जानकारी दिए ।

उता हमरजुङमा रहेको छथर बहुमुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघबाट सभापतिमा पवित्रा पौडेल, सचिवमा फुलमाया लिम्बु र कोषाध्यक्षमा कोपिला माझी तथा सदस्यहरुमा रस्मिता कटुवाल र श्यामबहादुर लिम्बु विजयी भएका छन् ।

त्रिवि आंगिक क्याम्पस तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडा भने गएराति अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन हुन सकेनँ । लालीगुराँस नगरपालिकाको बसन्त बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको क्याम्पसहरुले जनाएका छन् । 

तर हार सुनिश्चित भएपछि क्याम्पसमा तालाबन्दी गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले भने दिनभर क्याम्पसहरुमा प्रदर्शन गरेको थियो । नेविसंघले आफुहरुको स्पष्ट बहुमत रहेको भन्दै कोण सभा गरेर आफ्नो प्यानल विजयी भएको दाबी समेत गरेका छन् । 

सदरमुकाममै रहेको म्याङलुङ्ग क्याम्पसमा भने कक्षा–११ र १२ का विद्यार्थीले मतदान गर्न पाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि क्याम्पसले सहमतिमा मात्रै स्ववियु गठन गर्न सकिने बताएको छ । ह्यात्रुङ झरना क्याम्पसमा पनि सहमतिको प्रयासकालागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत खगेन्द्र खत्रीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु