पर्वत ।हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ ।

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बन डढेलो व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

१९ फाल्गुन २०७३, बिहीबार ०५:०३

पर्वत ।हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ ।

गत वर्षमात्र करिब १४ लाख हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको, डडेलो नियन्त्रण गर्ने क्रममा करिब २० जना स्थानीयको मृत्यु भएको र १०० भन्दा बढी मानिस घाइते भएका थिए। वनमा लागेको डढेलो मानव बस्तीहरुमा पसेर गुल्मीलगायत जिल्लामा धेरै घररगोठ जले। डढेलोले जंगलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पार्दै आएको छ। यसरी डढेलोेका कारण हरेक वर्ष वन, जैविक विविधता र सामाजिक, आर्थिक क्षेत्रमा पुग्ने क्षतिको मूल्यांकन त भएकै छैन ।

गर्मीयाम सुरु हुँदै भएसँगै डढेलो हुनबाट बच्नको लागि उपायहरु अपनाउनुपर्ने देखिन्छ । यदि तपाई जङ्गलको बाटो भएर  कहिँकतै जादैँ हुनुहुन्छ ? ध्यान दिनुहोस तपाईको सानो हेलचक्रायाईले ठूलो समस्या निम्तन सक्छ,त्यसैले सानो मानबिय कमजोरीले पनी जङ्गलमा डढेलो लाग्न सक्छ । यस कारण वनमा जाँदा वा बनको बाटो भयर हिड्दा चनाखो हुनुपर्ने सरोकारवालाले बताएका छन । डढेलोको मुख्य कारण मानबिय हेलचक्रायाईनै हो । 

बन क्षेत्रमा सुख्खायाममा हेलचक्रायाई नगर्ने हो भने डढेलोबाट बनलाई हदैसम्म जोगाउन सकिने जिल्ला बन कार्यालयका  प्रमुख कृष्ण प्रसाद ढकाल बताउँछन् । 

कतिपय मानिसले चेतना नभएर र कतिपयले चेतना हुँदाहुँदै पनि हेलचक्राई गर्दा डढेलोको समस्या जटिल बन्नÞे गरेको हो । मानविय लापरबाहिका कारण यस्ले बिकराल रुप लिनुका साथै ठूलो रुपमा जनधनको क्षति हुनेगर्छ । बन क्षेत्रमा        चुरोटका ठुटा जथाभावी फाल्दा बनभोज गएकाले आगो ननिभाई छाडदा डढेलो लाग्ने गरेको बन अधिकारीहरु बताउँछन् ।

त्यसो त नयाँ पालुवा पलाउने तथा च्याउ उम्रने अन्धबिशवासले गर्दा पनी वन जङ्गल वरिपरीका बासिन्दाले बनमा डढेलो लगाउने गरेको पाईएको छ ं। बन अधिकारीहरु नयाँ पालुवा र च्याउका लागी डढेलो लगाउन नपर्ने बताउँछन । “डढेलो लगाएर घाँस पलाउछ भन्नÞु गलत हो ।

गर्मी महिना शुरु भएासँगै जिल्ला बन कार्यालय पर्वतले बन डढेलो व्यवस्थापन सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया  गरेको छ ।सम्भावित बन डढेलोबाट बच्न र बचाउनको लागि आवश्यक प्रक्रिया  अपनाउन  र सचेतना गराउने उदेश्यकका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । आव ०७३।७४ को बार्षिक कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको आयोजक जिल्ला बन कार्यालय पर्वतले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद मरासिनीले बन डढेलो न्यूनिकरण गर्नको लागि नागरिकलाई सचेतना गर्नुपर्नेमा जोड दिए । बर्षेनि आगो लागीबाट तराई क्षेत्रमा ठूलो जनधनको क्षति हुने गरेको भन्दै उनले डढेलो न्यूनिकरणको लागि सजग हुनुपर्ने बताए । उनले बन डढेलो न्यूनिकरण गर्नको लागि गाउँस्तरबाट सचेतना जगाउनुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज पौडेलले बन जंगलको संरक्षण र आगोलागी न्यूनिकरणमा सवै लाग्नुपर्ने बताए ।

कार्यक्रममा जिल्लामा रहेका बन क्षेत्र सँग सम्बन्ध सरोकारवाला निकाय र पत्रकारहरुविच छलफल तथा अन्तरक्रिया भएको थियो ।  नेपालकोे मौजुदा कानुनले पनि जथाभावी डढेलो लगाउनुलाई अपराध नै मानेको छ। मुलुकी ऐन, २०२० मा आगो लगाउने कार्यलाई फौजदारी अभियोगका रूपमा लिइएको छ। त्यस्तै वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापमा बन्देज लगाइ यसलाई कानुनी अपराधका रूपमा लिई सजायको प्रावधान राखिएको छ। वन तथा भूसंरक्षण मन्त्रालयले त वन डढेलो व्यवस्थापन रणनीति, २०६७ नै बनाएको छ। यसरी कानुनी तथा नीतिगतरूपमा जेरजे व्यवस्था गरे पनि यसको कार्यान्वयनमा देखिएको सरकारी उदासीनता र अकर्मण्यताले गर्दा डढेलोका घटना बर्से्नि वृद्धि हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने