पर्वत ।हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ ।

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बन डढेलो व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

२०७३, १९ फाल्गुन बिहीबार ०५:०३

पर्वत ।हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ ।

गत वर्षमात्र करिब १४ लाख हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको, डडेलो नियन्त्रण गर्ने क्रममा करिब २० जना स्थानीयको मृत्यु भएको र १०० भन्दा बढी मानिस घाइते भएका थिए। वनमा लागेको डढेलो मानव बस्तीहरुमा पसेर गुल्मीलगायत जिल्लामा धेरै घररगोठ जले। डढेलोले जंगलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पार्दै आएको छ। यसरी डढेलोेका कारण हरेक वर्ष वन, जैविक विविधता र सामाजिक, आर्थिक क्षेत्रमा पुग्ने क्षतिको मूल्यांकन त भएकै छैन ।

गर्मीयाम सुरु हुँदै भएसँगै डढेलो हुनबाट बच्नको लागि उपायहरु अपनाउनुपर्ने देखिन्छ । यदि तपाई जङ्गलको बाटो भएर  कहिँकतै जादैँ हुनुहुन्छ ? ध्यान दिनुहोस तपाईको सानो हेलचक्रायाईले ठूलो समस्या निम्तन सक्छ,त्यसैले सानो मानबिय कमजोरीले पनी जङ्गलमा डढेलो लाग्न सक्छ । यस कारण वनमा जाँदा वा बनको बाटो भयर हिड्दा चनाखो हुनुपर्ने सरोकारवालाले बताएका छन । डढेलोको मुख्य कारण मानबिय हेलचक्रायाईनै हो । 

बन क्षेत्रमा सुख्खायाममा हेलचक्रायाई नगर्ने हो भने डढेलोबाट बनलाई हदैसम्म जोगाउन सकिने जिल्ला बन कार्यालयका  प्रमुख कृष्ण प्रसाद ढकाल बताउँछन् । 

कतिपय मानिसले चेतना नभएर र कतिपयले चेतना हुँदाहुँदै पनि हेलचक्राई गर्दा डढेलोको समस्या जटिल बन्नÞे गरेको हो । मानविय लापरबाहिका कारण यस्ले बिकराल रुप लिनुका साथै ठूलो रुपमा जनधनको क्षति हुनेगर्छ । बन क्षेत्रमा        चुरोटका ठुटा जथाभावी फाल्दा बनभोज गएकाले आगो ननिभाई छाडदा डढेलो लाग्ने गरेको बन अधिकारीहरु बताउँछन् ।

त्यसो त नयाँ पालुवा पलाउने तथा च्याउ उम्रने अन्धबिशवासले गर्दा पनी वन जङ्गल वरिपरीका बासिन्दाले बनमा डढेलो लगाउने गरेको पाईएको छ ं। बन अधिकारीहरु नयाँ पालुवा र च्याउका लागी डढेलो लगाउन नपर्ने बताउँछन । “डढेलो लगाएर घाँस पलाउछ भन्नÞु गलत हो ।

गर्मी महिना शुरु भएासँगै जिल्ला बन कार्यालय पर्वतले बन डढेलो व्यवस्थापन सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया  गरेको छ ।सम्भावित बन डढेलोबाट बच्न र बचाउनको लागि आवश्यक प्रक्रिया  अपनाउन  र सचेतना गराउने उदेश्यकका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । आव ०७३।७४ को बार्षिक कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको आयोजक जिल्ला बन कार्यालय पर्वतले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद मरासिनीले बन डढेलो न्यूनिकरण गर्नको लागि नागरिकलाई सचेतना गर्नुपर्नेमा जोड दिए । बर्षेनि आगो लागीबाट तराई क्षेत्रमा ठूलो जनधनको क्षति हुने गरेको भन्दै उनले डढेलो न्यूनिकरणको लागि सजग हुनुपर्ने बताए । उनले बन डढेलो न्यूनिकरण गर्नको लागि गाउँस्तरबाट सचेतना जगाउनुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज पौडेलले बन जंगलको संरक्षण र आगोलागी न्यूनिकरणमा सवै लाग्नुपर्ने बताए ।

कार्यक्रममा जिल्लामा रहेका बन क्षेत्र सँग सम्बन्ध सरोकारवाला निकाय र पत्रकारहरुविच छलफल तथा अन्तरक्रिया भएको थियो ।  नेपालकोे मौजुदा कानुनले पनि जथाभावी डढेलो लगाउनुलाई अपराध नै मानेको छ। मुलुकी ऐन, २०२० मा आगो लगाउने कार्यलाई फौजदारी अभियोगका रूपमा लिइएको छ। त्यस्तै वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापमा बन्देज लगाइ यसलाई कानुनी अपराधका रूपमा लिई सजायको प्रावधान राखिएको छ। वन तथा भूसंरक्षण मन्त्रालयले त वन डढेलो व्यवस्थापन रणनीति, २०६७ नै बनाएको छ। यसरी कानुनी तथा नीतिगतरूपमा जेरजे व्यवस्था गरे पनि यसको कार्यान्वयनमा देखिएको सरकारी उदासीनता र अकर्मण्यताले गर्दा डढेलोका घटना बर्से्नि वृद्धि हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना