2026-09-15 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पठन बानी विकासका लागि विद्यालयमा बुक कर्नर

धिराज आर.सी./फागुन २१, जाजरकोट । शिक्षक, विद्यार्थी र अविभावक सवैको ब्यबहारमा परिवर्तन ल्याउनका लागि विद्यालयमा बुक कर्नर र घर–घरमा पढाई कुना निर्माण गरिने जिल्ला शिक्षा अधिकारी ललित सिंहले बताउनु भएको छ । 

शिक्षकले पढाउनु पर्छ भन्ने वानीको विकास हुन जरुरी छ भने, विद्यार्थीले पढ्नु पर्छ र अविभावकले पढ्ने वातावरण श्रृजना गरिदिनु पर्छ भन्ने वानीको विकास हुन जरुरी भएको जिल्ला शिक्षा अधिकारी सिंहले बताउनु भयो । 

 विद्यालयमा बुक कर्नर र घर–घरमा पढाई कुनाको कार्यक्रमले शिक्षक, विद्यार्थी र अविभावक सबैलाई जिम्मेवार वनाउने सिंहको दावी छ । जिल्लामा अव सवैको पहँुचमा विद्यालय आवश्यक नभएर गुणस्तर शिक्षाका लागि विद्यालय, भौतिक पुर्वाधार, जनशक्ति, शैक्षिक सामाग्रीलाई केन्द्रिकृत गर्नमा जोड दिनु पर्ने सिंहको भनाई छ ।

२०७२ फागुण २८ गते देशकै २० औं साक्षर जिल्ला घोषणा भएको जाजरकोटको शैक्षिक विकासका लागि २०७३ लाई शैक्षिक सुधार बर्ष घोषणा गरिसकिएको छ । त्यस्तै शैक्षिक सुधारलाई प्रभावकारी बनाउन जिल्लामा प्रअ सम्मेलन समेत सम्पन्न भैसकेको छ । 

जिल्लाको शैक्षिक रणनीति निर्माण प्रक्रियामा अगाडि वढिरको छ भने, शैक्षिक रेडियो कार्यक्रम सञ्चालनमा ल्याईएको छ । श्रोत केन्द्रलाई शैक्षिक सुधार केन्द्रमा परिणत गरिएको छ । यसै बर्ष विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

 सामुदायिक तथा संस्थागतगरि जम्मा ४ सय ५१ विद्यालयमा ७२ हजार विद्यार्थीहरुले अध्ययन गरिरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ७२ हजार विद्यार्थी संख्यालाई अध्यापन गराउने शिक्षकहरुको दरवन्दी १३ सय ५१ जनाको रहेको छ भने, विद्यार्थी संख्याको अनुपातमा ७ सय बढी शिक्षक दरवन्दी अझै पनि जिल्लामा अभाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ