2026-09-15 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

ढिके नुनकै भरमा जाजरकोटका गाउँ

फागुन २२, जाजरकोट । जाजरकोटको उत्तर पूर्व क्षेत्रमा स्थानीय बासिन्दा गुणस्तरहीन नुन खान बाध्य छन् । सरकारी सहुलियतको आयोडिनयुक्त नुन गाउँमै नपुग्दा यहाँका स्थानीयवासी ढिके नुनमा निर्भर हुनुपर्ने बाध्यता छ । 

साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुन दुर्गम बस्तीमा नपाइने भएकाले ढिके नुन स्थानीयवासीले प्रयोग गर्न बाध्य भएको बताउँछन् 

जिल्लाका नायकवाडा, रामीडाडा, रोकायगाउँ, सक्ला, खगेनकोट, रग्दा, भगवती, पजारु, दहलगायत १८ भन्दा बढी गाविसका स्थानीयवासीले सहुलियतको नुन प्रयोग गर्न पाएका छैनन् । सरकारले उपलब्ध गराउने नुन गाउँमा लैजानसमेत उपभोतmालाई सजिलो छैन । यी गाविसबाट सदरमुकाम पुग्न दुईदेखि पाँच दिन पैदल हिँड्नुपर्छ । नुनकै लागि साता लामो यात्रा सम्भव नभएकाले बजारमा पाइने आयोडिन नभएको ढिके नुन ल्याएर प्रयोग गर्दै आएको नायकवाडा–७ का प्रेम शाहीले बताउनुभयो । 

जाजरकोटका दुर्गम स्थानमा रहेका स्थानीयवासी रुकुम जिल्लाका राडी, चोरजहारी, जाजरकोटको कालीमाटी, थलह, मोर्कलगायत ठाउँबाट ढिके नुन लिएर खाना बाध्य भएको भगवतीका तेजबहादुर सिंहले बताउनुभयो । बजारमा ढिके नुन पर्याप्त मात्रामा बिक्री हुने गरेको नायकवाडा–७ का पृथ्वीविक्रम शाहीले बताउनुभयो । 

पूर्वका स्थानीयवासी सदरमुकामभन्दा नजिक पर्ने रुकुमको राडी, चिसापानी, रिम्ना गएर नुन र दैनिक उपभोग्य वस्तु ल्याउने गरेका छन् । “नुन लिन सदरमुकाम गए चार दिन लाग्छ, रुकुमका बजारमा गए आयोडिन नभए पनि ५÷६ घन्टामै आउने जाने हुन्छ”, खगेनकोट–५ का नेबहादुर खत्रीले जानकारी दिनुभयो । 

यो क्षेत्र जोड्न खलङ्गा–रिम्न हुँदै भगवतीसम्म सडक निर्माणाधीन छ । ६० किमीसम्म ट्र्याक खोल्ने लक्ष्य पूरा भए पनि भेरी नदीमा पुल नभएका कारण पूर्वमा समस्या छ । उत्तरपूर्वमा भने सडक नै निर्माण गरिएको छैन । सदरमुकामसम्म आयोडिनयुक्त नुन सहज रुपमा उपलब्ध हुँदै आए पनि गाउँसम्म पुग्दैन । 

सदरमुकाममा रु नौ पर्ने आयोडिनयुक्त नुन जाजरकोटका केही बजारमा सीमित मात्रामा पाइने आयो नुन रु ३५ मा किन्न पाइन्छ । तोकिएको मूल्यभन्दा चार भाग बढी भाडा पर्ने स्थानीयवासी बताउँछन् । यहाँका स्थानीयवासी साल्ट ट्रेडिङ कर्पोरेसन शाखा गाउँमा विस्तार गरिए मात्र सबैका लागि आयोडिनयुक्त नुन खाना पाउने बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ