धिराज आर.सी./फागुन २३, जाजरकोट । जाजरकोटमा शिक्षकहरु उपस्थित नहुँदा बिद्यालय व्यवस्थापन समिति र अविभाबकहरुले बिद्यालयमा अनिश्चितकालीन ताला लगाएका छन् ।

डाडागाँउ २ कलपतमा रहेको श्री शिवशंकर प्रथामिक बिद्यालयमा दरबन्दी शिक्षकको संख्या ३ रहेपनि बिद्यालयमा १५ दिनसम्मा कुनैपनि शिक्षकहरु उपस्थित नभएपछि पिसिएफ र कक्षा १२ का शिक्षण सिकाइमा आएका बिद्यार्थीहरुले मात्र पठन पाठन गरिरहेक थिए । आइतबार बिद्यालय व्यवस्थापन समिति र अविभाबकहरुले अनिश्चत कालकालागी बिद्यालयमा तालाबन्दि गरेका छन ।

त्यस्तै प्राथमिक तहका बिद्यालयमा अध्ययन गरेका बिद्यार्थी छात्रा, दलित छात्र र छात्राहरले पौष महिानामा पाउनुपर्ने छात्रवृत्ति अझसम्म नपाएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण वहादुर पुनले जानकारी दिए ।

March 6, 2017
जाजरकोट - JKT, समाज
शिक्षक बिद्यालयमा उपस्थित नहुँदा ताला लगाइयो
By kit
2 मिनेट पढाइ