पढ्न करिब 1 मिनेट लाग्छ

रेशमराज रोकाया/फागुन २८, हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको छौटौं अधिवेसनबाट अध्यक्षमा अर्जुन बोहोरालाई सर्वसम्मतीबाट चुनिएको छ ।

लगातार २ दिन फाल्गुणको २६ र २७ गते भएको अधिवेसनमा केन्द्रिय प्रतिनिधी महासंघक केन्द्रिय सदस्य नवराज महताराको रोहवरमा भएको थियो । जिल्लामा कार्यरत प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको सर्वसम्मती हुँदा यो सम्भव भएको केन्द्रिय प्रतिनिधी महताराले बताउनु भयो ।

अध्यक्ष बोहोरा प्रेस सेन्टरका केन्द्रिय सदस्य पनि रहेका छन् । अधिवेसनले उपाध्यक्षमा मधु शाही, समावेशी उपाध्यक्षमा मिमसिँह नेपाली, सचिवमा राज बहादुर शाही, सहसचिवमा रत्न भण्डारी र काली बहादुर भण्डारी, कोषाध्यक्षमा सुरेश परियार, सदस्यमा हरिबहादुर रावत र तिलसरा परियार चयन गरिएको छ ।

११ सदस्यीय समितिको एक सदस्य प्रेस युनियनको तर्फबाट पछि थपिने समेत सहमती भएको छ । त्यसै गरी प्रदेश पार्षदमा नृपराज हमाल, जय बहादुर रोकाया र नन्द सिँह छानिएका छन् भने कन्द्रिय पार्षदमा राजन रावत, जनक बहादुर शाही र छपाल लामालाई चुनिएको छ ।