नरी बडु/फागुन ३०, बैतडी । हिजो फागु पुर्णीमा अर्थात होली पर्व देशभरी जस्तै सुदूरपश्चिममा पनि विभिन्न उद्देश्य राख्दै रमाईलो गरी खेलिएको छ । रंगोलिको पर्वका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/फागुन ३०, बैतडी । हिजो फागु पुर्णीमा अर्थात होली पर्व देशभरी जस्तै सुदूरपश्चिममा पनि विभिन्न उद्देश्य राख्दै रमाईलो गरी खेलिएको छ । रंगोलिको पर्वका "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

विभिन्न उद्देश्य राख्दै खेलिएको होलीले सुदूरपश्चिममा रौनक

२०७३, ३० फाल्गुन सोमबार ०२:१८


नरी बडु/फागुन ३०, बैतडी । हिजो फागु पुर्णीमा अर्थात होली पर्व देशभरी जस्तै सुदूरपश्चिममा पनि विभिन्न उद्देश्य राख्दै रमाईलो गरी खेलिएको छ । रंगोलिको पर्वका रुपमा चिनिने होली कतै रमाईलोको लागि मात्रै खेलियो भने कतै संस्कृति जोगाउनको साथ–साथै आर्थिक संगलन गरि विभिन्न सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यले खेलियो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि होलिको रौनकले निकै तताएको थियो ।

सुदूरपश्चिमको पहाडी जिल्ला मध्येको एक बैतडी जिल्लामा विभिन्न उद्देश्यका साथ होलि खेलिएको छ । कतै दैविक प्रकोपमा परेकालाई सहयोग गर्ने उद्देश्यले होलि खेलियो भने कतै विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन होलिको आयोजना गरिएको थियो ।

विदाको दिन सुनसान रहेको बैतडीको सदरमुकाममा सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारिहरुले होलि खेलि खेले, होलि खेलेर संकलन भएको रुपयाँले दैविक प्रकोपमा परेका व्यक्ति तथा परिवारहरुलाई सहयोग गर्ने उद्देश्यले उनिहरुले होलिको आयोजना गरेका थिय ।

होलीमा घर जान नपाएका कर्मचारिहरुलाई रमाईलो पनि हुने र समाजिक कार्यमा पनि ठेवा पुग्ने भएकाले होलि खेलिएको संयुक्त राष्ट्रि संघिय जनसंख्या कोषका जिल्ला संयोजक गणेश साहीको भनाई छ ।

कर्मचारिहरुले जिल्लाको पाटन, गोठलापानी, शाहिलेक, गडी लगायतका बजारहरुमा होलि खेलेका छन् । होलिमा जिल्लामा रहेका कर्मचारिहरुको सहभागिता थियो । पछिल्लो समय लोप हुदै गएको संस्कृती जोगाउन चुनौती भएको स्थानीयको गुनासो छ । सुदूरपश्चिमका जिल्लाहरुमा अन्य जिल्लाको भन्दा फरक तरिकाले होलि खेलिन्छ ।

कर्मचारीहरुले खेलेको होलिको उद्देश्य संस्कृति जोगाउनुको साथ–साथै दैविक प्रकोप उद्धार समितिलाई सहयोग गर्नु रहेको जिल्ला विकास समितिका बरिष्ट समाजिक परिचालक गणेश अवस्थीको भनाई छ ।

यसैगरी जिल्लाको गोकुलेश्वर, दुर्गास्थान, मेलौली लगायत सबै क्षेत्रहरुमा विद्यालय तथा स्थानीय क्लबहरुको आयोजनामा होलि खेलिएको थियो । एक आपसमा रंग दल्दै खेलिने होलीको छुट्टै धार्मिक विशोषता पनि रहीआएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप