नरी बडु/फागुन ३०, बैतडी । हिजो फागु पुर्णीमा अर्थात होली पर्व देशभरी जस्तै सुदूरपश्चिममा पनि विभिन्न उद्देश्य राख्दै रमाईलो गरी खेलिएको छ । रंगोलिको पर्वका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/फागुन ३०, बैतडी । हिजो फागु पुर्णीमा अर्थात होली पर्व देशभरी जस्तै सुदूरपश्चिममा पनि विभिन्न उद्देश्य राख्दै रमाईलो गरी खेलिएको छ । रंगोलिको पर्वका "/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

विभिन्न उद्देश्य राख्दै खेलिएको होलीले सुदूरपश्चिममा रौनक

३० फाल्गुन २०७३, सोमबार ०२:१८


नरी बडु/फागुन ३०, बैतडी । हिजो फागु पुर्णीमा अर्थात होली पर्व देशभरी जस्तै सुदूरपश्चिममा पनि विभिन्न उद्देश्य राख्दै रमाईलो गरी खेलिएको छ । रंगोलिको पर्वका रुपमा चिनिने होली कतै रमाईलोको लागि मात्रै खेलियो भने कतै संस्कृति जोगाउनको साथ–साथै आर्थिक संगलन गरि विभिन्न सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यले खेलियो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि होलिको रौनकले निकै तताएको थियो ।

सुदूरपश्चिमको पहाडी जिल्ला मध्येको एक बैतडी जिल्लामा विभिन्न उद्देश्यका साथ होलि खेलिएको छ । कतै दैविक प्रकोपमा परेकालाई सहयोग गर्ने उद्देश्यले होलि खेलियो भने कतै विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन होलिको आयोजना गरिएको थियो ।

विदाको दिन सुनसान रहेको बैतडीको सदरमुकाममा सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारिहरुले होलि खेलि खेले, होलि खेलेर संकलन भएको रुपयाँले दैविक प्रकोपमा परेका व्यक्ति तथा परिवारहरुलाई सहयोग गर्ने उद्देश्यले उनिहरुले होलिको आयोजना गरेका थिय ।

होलीमा घर जान नपाएका कर्मचारिहरुलाई रमाईलो पनि हुने र समाजिक कार्यमा पनि ठेवा पुग्ने भएकाले होलि खेलिएको संयुक्त राष्ट्रि संघिय जनसंख्या कोषका जिल्ला संयोजक गणेश साहीको भनाई छ ।

कर्मचारिहरुले जिल्लाको पाटन, गोठलापानी, शाहिलेक, गडी लगायतका बजारहरुमा होलि खेलेका छन् । होलिमा जिल्लामा रहेका कर्मचारिहरुको सहभागिता थियो । पछिल्लो समय लोप हुदै गएको संस्कृती जोगाउन चुनौती भएको स्थानीयको गुनासो छ । सुदूरपश्चिमका जिल्लाहरुमा अन्य जिल्लाको भन्दा फरक तरिकाले होलि खेलिन्छ ।

कर्मचारीहरुले खेलेको होलिको उद्देश्य संस्कृति जोगाउनुको साथ–साथै दैविक प्रकोप उद्धार समितिलाई सहयोग गर्नु रहेको जिल्ला विकास समितिका बरिष्ट समाजिक परिचालक गणेश अवस्थीको भनाई छ ।

यसैगरी जिल्लाको गोकुलेश्वर, दुर्गास्थान, मेलौली लगायत सबै क्षेत्रहरुमा विद्यालय तथा स्थानीय क्लबहरुको आयोजनामा होलि खेलिएको थियो । एक आपसमा रंग दल्दै खेलिने होलीको छुट्टै धार्मिक विशोषता पनि रहीआएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला