२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काठखोला गाउँपालिकाको केन्द्र सुल्डाडा अक्षेतेमा कायम गर्न माग

३० फाल्गुन २०७३, सोमबार १३:४५

 फागुन ३०, बाग्लुंग । काठेखोला गाउँपालिका बागलुङको केन्द्र सुल्डाडा अक्षेतेमा कायम गर्न स्थानीयले माग गरेका छन् । जिल्लामा भएको सर्वदलीय वैठकले काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडाको अक्षेतेमा राख्ने सर्वसम्मत सहमति गरेर पठाएको थियो । राज्य  पुनसंरचना आयोगले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार गाउँपालिकाको केन्द्र साविक विहुकोट गाविसको हटिया उल्लेख भएको भन्दै सच्याउन राजनीतिक दलका प्रतिनिधिहरुले माग गरेका हुन ।

सिगाना गाविसको वडा नं ६, पाला गाविसको वडा नं १ देखि ५ सम्म, भीमापोखरा, धम्जा, तंग्राम, बिहु, रेश र लेखानी गाविस समावेश गरी ८ वटा वडा रहेको काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडाको अक्षेते पायक पर्ने र सर्वदलीय सहमति पनि भैसकेकोले सोही स्थानलाई कार्यान्वयन गर्न माग गर्दै जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलहरुले भौगोलिक अवस्था, जनताको सुविधा लगायत राज्यका कार्यालय र संभावनाका हिसावले सुल्डाडा अक्षेतेमै केन्द्र राख्नु पर्नेमा जोड दिएका छन् ।

सोमबार बिहान बागलुङ बजारमा बसेको काठेखोला गाउँपालिका अन्तरगतका पार्टीका प्रतिनिधि र सरोकारवालाहरुको वैठकले कुनै पनि हालतमा सुल्डाडा अक्षेते मै केन्द्र तोक्न दवाव दिने र वेवास्ता भएमा आन्दोलन समेत गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सहकारी विभागका सदस्य रामबहादुर जिसीले जानकारी दिनुभयो ।


सबै पार्टीका प्रतिनिधिहरुको सहभागितामा जिल्ला समन्वय समितिमा गएको टोलीका तर्फबाट एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।

ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी आचार्यले दलहरुको सहमतिमै केन्द्र तोक्ने विषयमा आफु सकारात्मक रहेको र केन्द्रमा छलफल गरेर टुंगो लगाउने बताउनु भएको छ ।

नेपाली काग्रेस महाधिवेशन  प्रतिनिधि होमबहादुर हमाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य लक्ष्मण पुन, एमाले जिल्ला सचिवालय सदस्य अञ्जु जिसी (हुमा), जिल्ला सदस्यहरु दिपक गौतम र प्रेम लामिछाने, नेपाली काग्रेस भीमापोखरामा खिमानन्द कँडेल, एमाले भीमापोखराका अध्यक्ष रामप्रसाद शर्मा, नेपाली कांग्रेसका हरिबहादुर भण्डारी, नेवि संघका अध्यक्ष खड्क थापा लगायतको उपस्थितिमा सम्पन्न बैठक पछि टोलीले जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएको हो ।

स्थानीय तह पुनसंरचना अन्तरगत बागलुङ जिल्लामा ४ नगरपालिकासहित १० वटा तहको व्यवस्था गरिएको छ । बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपािलका र जैमुनी नगरपालिका तथा गाउँपालिकाहरुमा काठेखोला सहित ताराखोला, बरेङ, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका कायम भएका छन् ।

सर्वदलीय सहमति अनुसार पठाएका विभिन्न ठाउँमा गाउँपालिका र नगरपालिकाको केन्द्र फरक परेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले बताउनुभयो । निसीखोला गाउँपालिकाको झिवाखोला हुनु पर्नेमा देविस्थान, बरेङ गाउँपालिकाको बरेङ बजारमा हुनु पर्नेमा हुग्दिशिर गाविसको कार्यालय, गलकोट नगरपालिकाको मझुवाफाँट हुनु पर्नेमा हरिचौर बजार भएर आएको थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य