२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सरसफाइ अनुगमनमा गएको क्षेत्रिय इन्जीनियरको टोली सम्पर्क बिहिन

१ चैत्र २०७३, मंगलवार ०२:४०

 टेक शाही/चैत १, डोल्पा ।  खानेपानि तथा सरसफाइ सम्बन्धी अनुगमनको लागि फागुन २४ गते फोक्सुण्डो गएको टोली सम्पर्क बिहिन भएको छ । फागुन २४ गते बिहान फोक्सुण्डोको लागि गएको क्षेत्रिय अनुगमन तथा सुपरिबेक्षक सुर्खेतका सिनियर डिभिजन ईन्जीनियर आबिद हुसेन सहित १२ जनाको टोली एक साता बिति सक्दा पनि सम्पर्क नँआएर सम्पर्क बिहिन भएको हो । 


सरसफाइको अबस्थाका बारेमा अनुगमनमा फोक्सुण्डो गएका सिनियर डिभिजन ईन्जीनियर आबिद हुसेनसँगै  खानेपानि कार्यालय डोल्पका कार्यालय सहयोगि काँशिराम उखेडा,नयाँ शक्ति नेपालका प्रतिनिधि चन्द्र गूरुगँ,गैरसरकारी सँस्था सेप्ड्रा नेपालकी फिल्ड सुपरभाइजर जुन कुमारि हिराचन,सो सँस्थका अर्का कर्मचारि छेवागँ लामा रहनु भएको छ । 

उक्त अनुगमन टोलीसँग नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमका क्षेत्रिय कोर्डिनेटर अब्दुल सइम अन्सारि जिल्ला सो सँस्थाका डोल्पा जिल्लाका सँयोजक सन्तोष खनाल उहाँकि धर्म पत्नी लेखापाल तारा प्रसाद आचार्य र कार्यालय सहयोगि धनरुप कार्कि फोक्सुण्डो ताल भर्मणको लागि जानु भएको थियो । फोक्सुण्डो गएको टोली सँगै शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका २ जना गेमस्काउट पनि गएका थिय । 


यसरि २४ गते बिहान दुनैबाट गएको टोली २७ गते फकिैनु पर्ने भए पनि एक साता बिति सक्दा सम्पर्कमा नआउदा आफन्तहरु आत्तिीएका छन । अनुगमनमा गएको टोली हिमपातले सम्पर्कमा नँआउदा आफन्तले चिन्ता ब्यक्त गरेका छन । 

आज नेपाली सेनाको टोलीले खोजी गर्ने भएको प्रमूख जिल्ला अधिकारि केशव राज आचार्यले जानकारि दिनु भयो । अनुगमन गएको टोली फोक्सुण्डो पुगेकै दिनमा हिमपात भए पछि यस्तो सम्स्या आएको र फोक्सुण्डोका केहि स्थानियले सुरक्षित रहेको बताए पछि केहि हत सम्म सान्तीको महसुस गरेको पनि प्रमूख जिल्ला अधिकारि आचार्यले बताउनु भयो । 


फागुन २४ गते अनुगमनको टोली सदरमुकामबाट हिडेको र २६ गते बिहानबाट हिमपात हुन लागे पछि टोली सम्पर्कमा आउन नँसकेको हो । 

आफन्तले निरन्तर खोजी गरेपछि र अनुगमनमा गएको टोली सम्कर्पमा नँआए पछि प्रमूख जिल्ला अधिकारिको सँयोजकत्वमा आकस्मीक बैठक बसि मँगलबार बिहान नेपाली सेनको एक टोली खोजीको लागि फोक्सुण्डो जाने भएको खानेपानि तथा सरसफाइ सब डिभिजन प्रमूख उमेश झा ले बताउनु भयो । पैदलमार्गबाट नँसकिए हेलीकप्टरको समेत प्रयोग गरिने र आफन्तलाइ कुनै चिन्ता नँगर्न पनि झा ले बताउनु भयो । 

डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त जिल्लाका रुपमा घोषणा गर्ने तयारि रहेको बेलमा क्षेत्रिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको टोलीले डोल्पा जिल्लाको अनुगमन गरि रहेको छ । जिल्लका बिभिन्न गाविसमा बिभिन्न टोलीमा बिभाजित भइ सरसफाइको अबस्थका बारेमा अनुगमन भइ रहेको छ । सोहि अनुसार एक टोली फोक्सुण्डो गाविसमा गएको थियो । यसरि अनुगमनमा गएको टोली एक साता सम्म जिल्लामा नँफर्कि सम्पर्क बिहिन भए पछि प्रमूख जिल्ला अधिकारिलाइ उनिहरुका आफन्तबाट दवाब आएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला