२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा लेखनाथ महानगरपालिकाको काम सुरु

१ चैत्र २०७३, मंगलवार ०२:५१

फागुन ३०, कास्की । मुलुककै ठुलो नब घोषित पोखरा लेखनाथ महानगरपालिकाले सोमबारदेखी कार्य शुभारम्भ गरेको छ । सोमबार कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले कर्मचारीहरुलाई महानगरपालिकाको रुपमा कार्य गर्न निर्देशन दिँदै पोखरा लेखनाथ महानगरपालिकाको शुभारम्भ गरेका हुन् । 

कार्यकारी अधिकृत ढुङ्गानाले मुलुककै ठुलो महानगर बन्नु सौभाग्य भएको भन्दै महानगरका रुपमा प्राप्त काम, कर्तव्य र अधिकारलाई कर्मचारीले उच्च मनोवलका साथ पालना गर्नुपर्ने बताए । शुभारम्भका अवसरमा महानगरपालिकाले ३३ वटै वडाका वडा सचिवहरुको टुङ्गो समेत लागाएर काम गर्न निर्देशन पनि दिएको छ ।

अन्य कर्मचारीहरुको व्यवस्थापन, वडा केन्द्रको टुङ्गो लगायतका विषय क्रमिक व्यवस्थापन गर्ने गरि पहिलो चरणमा वडा सचिवहरुलाई खटाइएको कार्यकारी अधिकृत ढुङ्गानाले जानकारी दिए । जस अनुसार वडा नं १ मा महेन्द्र खवास, वडा नं २ मा यम बहादुर क्षेत्री, वडा नं ३ मा सविता तामाङ्ग, वडा नं ४ मा केशवराज कोइराला, वडा नं ५ मा कुम बहादुर तामाङ्ग, वडा नं ६ मा राजु बहादुर कोइराला, वडा नं ७ मा रमेश पौडेल, वडा नं ८ मा दिप बहादुर कोइराला, वडा नं ९ मा लोकदर्शन कोइराला, वडा नं १० मा नवराज थापा, वडा नं ११ मा सुर्यमोहन पौडेल, वडा नं १२ मा श्रीकान्त तिमिल्सिना, वडा नं १३ मा हर्क बहादुर कुँवर र वडा नं १४ मा अर्जुन प्रसाद पौडेल वडा सचिवका रुपमा खटिएका छन् ।

यस्तै, वडा नं १५ मा विष्णु प्रसाद लामिछाने, वडा नं १६ मा एक बहादुर बस्नेत, वडा नं १७ मा प्रजापती बराल, वडा नं १८ मा रुद्र प्रसाद बस्ताकोटी, वडा नं  १९ मा हरि प्रसाद अधिकारी, वडा नं   २० मा चेतराज आचार्यलाई वडा सचिवका रुपमा खटाइएको प्रशासन महाशाखा प्रमुख अनन्त प्रसाद कोइरालाले जानकारी दिए ।

 यसैगरि वडा नं २१ मा मुक्तिनाथ पोखरेल, वडा नं २२ मा रामप्रसाद पौडेल, वडा नं  २३ मा शेर बहादुर कुँवर, वडा नं २४ मा नारायण अधिकारी, वडा नं २५ मा इश्वरी प्रसाद बास्तोलाले वडा सचिवका रुपमा काम गर्ने जिम्मेवारी पाएका छन् ।

यस्तै, पोखरा लेखनाथ महानगरपालिकाको वडा नं २६ मा सावित्री बराल, वडा नं २७ मा लिलामणी भण्डारी, वडा नं २८ मा शोभाखर ढकाल, वडा नं २९ मा सावित्रा पौडेल, वडा नं ३० मा मीना भट्टराई भण्डारी, वडा नं ३१ मा रेशमलाल पौडेल, वडा नं ३२ मा जीवनाथ पराजुली र वडा नं ३३ मा विष्णु प्रसाद बराललाई वडा सचिवका रुपमा खटाएको प्रशासन महाशाखा प्रमुख कोइरालाले जानकारी दिए यसरी खटाइएका कर्मचारीहरु मध्य ५ जना निजामती र अन्य महानगरपालिकाका कर्मचारी हुन् ।

यसैविच, वडा सचिवका रुपमा खटिएका कर्मचारीलाई स्थानीय तहको शासन सञ्चालन सम्वन्धमा जारी गरिएको आदेश २०७३ लाई महानगरपालिकाका महाशाखा प्रमुखहरुले जानकारी गराएका छन् । कार्यक्रमका विच महानगरपालिकाको सम्वन्धित वडाको बोर्ड, आधिकारिक छाप तथा स्ट्याम्प लगायतका आवश्यक सामाग्री वडा सचिवहरुलाई हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषदको फागुन २२ को निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानिय तह चार महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका सहित ७ सय ४४ स्थानिय तहको कार्यान्वयन भएको हो । नयाँ संरचना अनुसार कास्कीमा १ महानगरपालिका सहित ४ वटा गाउँपालिका बनेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला