पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ । स्थानीय विकास अधिकारी विष्णु भुषालले उक्त कार्यक्रमको औपचारिक रुपमा शुभराम्भ गरेका हुन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ । स्थानीय विकास अधिकारी विष्णु भुषालले उक्त कार्यक्रमको औपचारिक रुपमा शुभराम्भ गरेका हुन् ।"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोट्याक्ट सप्ताह शुरु (फोटो फिचर)

१ चैत्र २०७३, मंगलवार ०६:१७

पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ । स्थानीय विकास अधिकारी विष्णु भुषालले उक्त कार्यक्रमको औपचारिक रुपमा शुभराम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै भुषालले युवाहरुको सामाजिक कार्यको प्रशंसा गरे । उनले युवाहरुलाई परिचालन गर्न सके देशको विकास हुने बताए । १८ देखि माथि र ३० बर्षभन्दा मुनिका युवाहरु सांगठनिक रुपमा लागि सामाजिक क्षेत्रमा कदम चाल्नु जिल्लाको लागि गौरबको कुरा भएको बताए ।

http://suchanakendra.com/wp-content/uploads/2017/03/

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष गणेश पौडेल, पूर्व अध्यक्ष विनोद आचार्य, आगामी बर्षका अध्यक्ष एवं कार्यक्रमका मुल संयोजक मिलन पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए । आरसी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव गणेश पौडेलले गरेका थिए ।

सोही अबसरमा दुई लघु उद्यमी महिलाहरुलाई सम्मान तथा सिलाइकटाई मेशिन हस्तान्तरण गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम यहि चैत्र ६ गतेसम्म संचालन हुनेछ ।


क्लबले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन आज पर्यटन प्रर्वद्वनका लागि लालेश्वर गुफा चुवामा सरसफाई रङ्गरोगन तथा मुर्ती स्थापना कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख कुमानसिंङ गुरुङले शिव पार्वतीको मूत्र्ति अनावरण गरे । उनले क्लबले गरेको कामको प्रशंसा गर्दै गुफाको प्रचारप्रसारको लागि नगरपालिकाले आवश्यक कदम चाल्ने बताए ।

http://parbatnews.com/wp-content/uploads/2017/03/

आरसी पौडेलको अध्यक्ष्तामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव गणेश पौडले गरेका थिए भने उक्त कार्यक्रमको संयोजक मिना खड्काले गरेकि थिइन । सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन अपाङ्गता भएका ब्यतिmहरुलाई ह्विल चिय वितरण तथा स्टेसनरी सामाग्री वितरण कार्यक्रमको आयोजना गरेको छ ।



त्यस्तै  चौथो दिन युवा हरुका लागि खेलकुद भन्ने नारका साथ रोट्¥याक्ट तथा संगित तथा ईलोक्ट्रोनिक्स ब्यवसायी संघ सँग मैत्रीपूर्ण फुटवल प्रतियोगिता पाँचौ दिन सुर्य प्रकाश मावि र दुर्लुूङकोटका लागि एक सय थान कुर्ची, तथा २ थान टेवल हस्तान्त्रण कार्यक्रम, छौटौ दिन वितिय साक्षरता संम्वन्धी तालीम सञ्चालन, र सातौ ट्राफिक साचेतनाका लागि बोर्ड स्थापना एवं जनचेतना कार्यक्रम सञ्चलन गदै छौ गर्ने तय गरेको छ । जसका लागि झण्डै तीन लाख खर्च हुने अनुमान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट