२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

३३ जिल्लामा हात्तिपाइलेको आम औषधि सेवन कार्यक्रम संचालन हुदै

२०७३, १ चैत्र मंगलवार १५:०८

चैत्र १, बैतडी । विश्वका विभिन्न देशहरुजस्तै नेपालमा पनि स्वास्थ्य समस्याका रुपमा देखिएको हात्तिपाईले (फाईलेरिया) रोग उन्मुलनका लागि देशका ३३ जिल्लाहरुमा आम औषधि सेवन कार्यक्रम सुरु हुने भएको छ ।

बैतडी लगायत आम औषधि सेवनको ६ चरण पुरा नगरेका जिल्लाहरुमा हात्तिपाईले विरुद्धको आम औषधि सेवन कार्यक्रम चैत्र ५ गते देखि ७ गते सम्म खुवाईन लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

देशका १२ हिमाली र दुई पहाडी गरि १४ जिल्लामा हात्तिपाईले रोग छैन् । अन्य ६१ जिल्लामा भने हात्तिपाईले रोग स्वास्थ्य समस्याका रुपमा देखिएको  जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख गुणराज अवस्थीले बताउनुभयो ।

नेपालमा रहेको कुल जनसंख्याको ९० प्रतिशत व्यक्तिहरुमा हात्तिपाईलेको संक्रमण रहेको अवस्थीले बताउनुभयो ।   

हात्तिपाईले रोगको औषधि सेवन नगर्दा संक्रमित व्यक्तिको खुट्टा हात्तिको जस्तै मोटो हुने, यौनाङ्गहरु सुन्नीने, अपाङ्ग हुने तथा क्यान्सर हुने जस्ता खतरा हुने गरेको उहाँको भनाई छ ।

पोथि लाम्खुट्टेले सार्ने यो रोगको औषधि देशका ३३ जिल्लाहरुमा चैत्र ५ देखि ७ गते सम्म खुवाईन लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हात्तिपाईले औषधि सेवान फोकल प्रशन सन्तोश पाण्डेयको भनाई छ ।

देशका २५ जिल्लाहरुले हात्तिपाईले रोगको आम औषधि सेवन कार्यक्रमको ६ चरण पुरा गरिसकेका छन् ।  यो औषधि दुई वर्ष नपुगेका बालवालिका, दिर्घरोगि तथा गर्भवती महिलाहरुले सेवन  गर्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड