२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विना अनुमति सुर्ती जन्य पदार्थको खुलेआम विक्रि वितरण

१ चैत्र २०७३, मंगलवार १५:२०

चैत १, कपिलवस्तु । चैत्र १ गतेदेखि सरकारले सुर्ति जन्य पदार्थको विक्रि वितरणको लागि नयाँ अनुमति लिएका निश्चित व्यापारीहरुलाई मात्र बेचविखन गर्ने र लाइसेन्स नभएकाहरुले विक्रि वितरण गर्न आजबाट नपाउने नियम लागु गरेको भए पनि कपिलवस्तुका पसलहरुमा भने खासै परिर्वतन देखिएन । 

हिजोका दिनमा पान पसल,चिया पसल,किराना पसल,होटल लगायतका विभिन्न ठाँउमा जसरी खुलेआम सुर्तिजन्य पदार्थ बेच्ने गरिन्थ्यो आज पनि कुनै परिर्वतन भएको छैन । 

सरकारले नयाँ नियम लागु गरी अनुमति प्राप्त पसलहरुले मात्र सुर्ति जन्य पदार्थ बेच्न पाउने भनेको भए पनि अनुगमन गर्ने निकायको उदासिनताका कारण नियम कार्यन्वयन हुन नसकेको सर्वसाधारण ठम्याई रहेको छ । सरकारले नियम बनाउदै जान्छ तर नियम पालना गर्ने र नियम पालन गराउनेहरुको उदासिनता र बेवास्ताका कारण जिल्लामा खुलेआम सुर्तिजन्य पदार्थको विक्रि वितरण भइरहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनु भयो ।

चैत्र १ गतेको नियम लागु भएको पहिलो दिन भएकोले के कतिले नयाँ अनुमति लिए भन्ने डाटा उपलब्ध नभएको र अनुगमन पनि नगरिएको सुर्ति जन्य पदार्थ अनुगमन जिल्ला संयोजक रामेश्वर अर्यालले बताउनु भयो । अब छिटै बजार अनुमगन गरिने र नियमलाई पालन नगर्ने अनुमति विना नै सुर्ति जन्य पदार्थको विक्रि वितरण गर्ने व्यापारीहरुलाई कारवाहि गरिने अर्यालले बताउनु भयो । दीपक के.सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला