२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

सहाराविहीन नाबालकलाई लाइन्स क्लबको आर्थिक सहयोग

२ चैत्र २०७३, बुधबार ०९:१०

चैत २, पाँचथर । लाइन्स क्लब पाँचथरले तेह्रथुम सक्रान्तिको सहाराविहीन एक नाबालकलाई आर्थिक सहयोग गरेको छ । 

सदरमुकाम फिदिममा मङ्गलबार आयोजित एक कार्यक्रमबीच ४ महिनाको उक्त बालकलाई रु ९० हजार एक सय ३१ रकम हस्तान्तरण गरिएको हो । फिदिम–१ का समाजसेवी बद्री रिजालले बालकका आफन्त फिदिम–१ का पवित्रा लोहारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 

सक्रान्तिका खगेन्द्र लोहार र मीना लोहारका ४ महिना बालकको अहिले उनीहरुका आफन्त पवित्राले हेरचाह गर्दै आएकी छिन् । 

सुन्निने रोगबाट नाबालककी आमाको मृत्यु भइसकेको छ भने पवित्रालाई बालकको जिम्मा लगाएर बुबा अहिले बेपत्ता छन् । नाबालकको पालनपोषण र पढाइ खर्चका लागि भनेर उक्त रकम स्वदेश तथा विदेशमा रहने नेपालीबाट सङ्कलन गरिएको क्लबका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताउनुभयो । 

सङ्कलित रकम फिदिममा अवस्थित हातेमालो कृषि सहकारी संस्थामा राख्ने र उक्त रकमको ब्याज तथा अन्य रकम दाताबाट जुटाएर प्रतिमहिना रु तीन हजार बालकको संरक्षक पवित्रालाई दिइने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला