चैत २, पर्वत । गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा ९¥याफ्टिङ०सुरु भएको छ । 

जलयात्राको याम सुरु भएसँगै कालीण्डकीमा पर्यटक आउने क्रम बढे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २, पर्वत । गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा ९¥याफ्टिङ०सुरु भएको छ । 

जलयात्राको याम सुरु भएसँगै कालीण्डकीमा पर्यटक आउने क्रम बढे"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीमा जलयात्रा

२ चैत्र २०७३, बुधबार ०९:५४

चैत २, पर्वत । गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा ९¥याफ्टिङ०सुरु भएको छ । 

जलयात्राको याम सुरु भएसँगै कालीण्डकीमा पर्यटक आउने क्रम बढेको छ । जाडो यामको समाप्तिसँगै बर्सेनि फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन् । 

लामो, समथर र कम बहाव भएका कारण बाह्य पर्यटकले जलयात्राका लागि कालीगण्डकीलाई रोज्ने गरेका छन् । स्वेदशी पर्यटकको आवागमन समेत बढेको नदी पथप्रदर्शक रवीन गुरुङले बताउनुभयो । अहिले दैनिक करिब दश वटा समूहसम्ममा पर्यटक आउने गरेका छन् । 

पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कुश्मा नगरपालिका– १ स्थित नयाँ पुल तथा मालढुङ्गाबाट सुरु हुने जलयात्रा स्याङजा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । 

जिल्लामा जलयात्राको क्षेत्रमा काम गर्ने निकाय नभएकाले छिमेकी सहर पोखराबाट विभिन्न पर्यटन व्यवसायीको सहयोगमा पर्यटक जलयात्राका लागि कालीगण्डकी आउने गर्दछन् । जलयात्राका लागि गन्तव्यस्थल बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । 

नदीमा जलयात्रा गर्ने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्नेलगायत कारणले जलयात्रा गर्न असहज भएको पर्यटक पथप्रदर्शक गणेश पुन बताउनुहुन्छ । अर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट