२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रामग्राम जेसिज परासीद्धारा रक्तदान कार्यक्रम

२०७३, २ चैत्र बुधबार १०:२९

सरु शर्मा/चैत २, परासी । रामग्राम जेसिज परासीले आज आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

सामाजिक कार्यमा सधै सक्रिय रहेको रामग्राम जेसिजले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत आज उक्त कार्यक्रम सम्पन्न गरेको हो । उद्योग वाणिज्य संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथ्य तथा रामग्राम जेसिज २०१७ का अध्यक्ष संजय कुमार पाठकको अध्यक्षतामा जिल्ला पृथ्वीचन्द्र अस्पतालमा कार्यक्रम सम्पन्न भएको हो  ।

कार्यक्रममा जेसिज तथा जेसिजमा आस्था राख्ने १२ जनाले रक्तदान गरेको महासचिव मुक्ति पौडेलले जानकारी दिनुभयो । प्रत्येक बर्ष मानव सेवालाई सर्बोपरि ठान्ने जेसिज आस्था अनुसार रक्तदान कार्यक्रम गर्दै आएको उक्त सँस्थाले सँकलन भएको रगत नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाको ब्लड बंैकलाई दान गर्ने बताएको छ । ब्लड बंैकमा रगतको अभाव भएपछि शाखाको अनुरोधमा जेसिजले सो कार्यक्रम आयोजना गरि रक्तदान गरेको हो ।

जेसिजकी सिता कुवँरको सँयोजकत्वमा भएको उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. मोहम्मद नुरुलहोदा, पत्रकार केशव पराजुली लगायतले मन्तब्य राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति