पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा ह्वील चियर तथा स्टेशनरी (शैक्षिक) समाग्री वितरण गरेको छ । ठुलीपोखरी ८ रोहोटेमा रहेको बशन्त प्राविका २४ जना बालबालिकालाई स्टेशनरी समाग्री, लत्ताक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा ह्वील चियर तथा स्टेशनरी (शैक्षिक) समाग्री वितरण गरेको छ । ठुलीपोखरी ८ रोहोटेमा रहेको बशन्त प्राविका २४ जना बालबालिकालाई स्टेशनरी समाग्री, लत्ताक"/>
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

रोट्याक्टको शैक्षिक र मानिविय क्षेत्रमा हात- ह्वील चियर तथा स्टेशनरी वितरण (८ तस्वीरसहित)

२ चैत्र २०७३, बुधबार १०:४८

पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा ह्वील चियर तथा स्टेशनरी (शैक्षिक) समाग्री वितरण गरेको छ । ठुलीपोखरी ८ रोहोटेमा रहेको बशन्त प्राविका २४ जना बालबालिकालाई स्टेशनरी समाग्री, लत्ताकपडा, विद्यालयलाई ह्वाइट बोर्ड, डस्वीन सहित सोही स्थानका सतिज पौडेललाई ह्वील चियर वितरण गरेको हो ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको क्लबले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत सो कार्य गरेको हो । उद्योग बाणिज्य संघ पर्वत, रो. धनराज पौडेलको सहयोगमा उक्त विद्यालयमा सो समाग्री हस्तान्तरण तथा वितरण गरेको क्लबका अध्यक्ष आर.सी पौडेलले जानकारी दिए ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

ह्वील चियर तथा स्टेशनरी समाग्री वितरण कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले क्लबले गरेको समाजिक कार्यको प्रशंसा गरे । उनले युवाहरुलाई एकजुट गराई सामाजिक, मानिवय, शैक्षिक क्षेत्रको स्तरोन्तीको लागि क्लबले गरेको कार्य प्रशंसा योग्य भएको बताए ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

समाजको विकास गर्नको लागि यस्तै युवाहरुको आवश्यकता देशलाई रहेको बताउँदै लामिछानेले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । राज्यको आँखा पुग्नुपर्ने क्षेत्रमा रोट्याक्ट पुग्नु, युवाहरुले आफ्नो पकेट खर्च कटाएर समाज सेवा गर्नु आफैमा प्रशंसा योग्य कार्य भएको बताए ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

 रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आर.सी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  क्लबका ३२९२ जाने फोर दिपेन्द्र बहादुर घिमिरे, स्रोत व्यक्ति राम प्रसाद लामिछाने,रोटरी क्लब अफ  पर्वतका आगामी अध्यक्ष देविप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  टेकप्रसाद पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको संयोजक अर्जुन बहादुर केसीको स्वागत तथा सचिव गणेश पौडेलको संचालनका कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा क्लबका सहसचिव उत्तम केसी सचेतका रुपमा रहेका थिए ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट