सागर शर्मा/चैत २, प्यूठान । फुलवारी एकिकृत ग्रामिण विकास सस्थाले आफ्नो २३औ स्थापना दिवशको अवसरमा आज जिल्ला अस्पताल विजुवारमा रक्तदान तथा फलफुल वितरण कार्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत २, प्यूठान । फुलवारी एकिकृत ग्रामिण विकास सस्थाले आफ्नो २३औ स्थापना दिवशको अवसरमा आज जिल्ला अस्पताल विजुवारमा रक्तदान तथा फलफुल वितरण कार्यक्"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न

२ चैत्र २०७३, बुधबार ११:०९


सागर शर्मा/चैत २, प्यूठान । फुलवारी एकिकृत ग्रामिण विकास सस्थाले आफ्नो २३औ स्थापना दिवशको अवसरमा आज जिल्ला अस्पताल विजुवारमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

सप्ताह व्यापी स्थापना दिवस मनाइरहेको उक्त सस्थाले प्यूठान जिल्ला अस्पतालको विरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त कार्य गरेको हो । सस्थाको कार्यसमितिका ६ जनाले रक्तदान गरेका छन् । स्थापना दिवसको अवसर पारेर संस्थाका अध्यक्ष लोकबहादुर बस्नेतले समेत २३ औं पटक रक्तदान गरेको बताउनुभयो । 


पानी बनेर खेर जाने रगतले कोहि कसैको जिवन बच्ने भएकाले सबैले चिकित्सकको सल्लाहमा रक्तदान गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै निमित्त जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले ‘रक्तदान जिवनदान’ भन्ने नारा स्वास्थ्य नीति मै उल्लेख गरेकोले सबैलाई रक्तदान गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । 

जिल्ला अस्पतालको स्तरबृद्धिसँग रक्त संचार केन्द्रको महत्वपूर्ण भुमिका हुने भएकाले रक्त समुह बारे सबैले थाहा पाइराख्नु पर्नेमा जोड दिनुभयो । अस्पताल परिसरमै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले संचालन गरेको रक्त संचार केन्द्रमा सबैले आफ्नो नाम, सम्पर्क नं. र रक्त समुह दर्ता गरी राखेमा आवश्यक परेको खण्डमा विरामीले तत्काल रगत पाउन सक्ने शाखा सभापति गुमानराज पुलामीले बताउनुभयो ।


सोहि अवसरमा अस्पतालमा रहेको ४० जना विरामीहरुलाई फलफुल वितरण गरिएको छ । साथै अस्पताल परिसरमा खानेपानी सुविधाका लागि फिल्टर, जारहरु समेत हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला