२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा शाखा अधिकृत नहुँदा नायव सुब्वा कार्यकारी अधिकृत

२०७३, २ चैत्र बुधबार १३:५८

धिराज आर.सी./चैत २, जाजरकोट । नयाँ संरचना अनुशार जाजरकोटमा सात स्थानीय तहमा काम गर्ने गरि सात जना कार्यकारी अधिकृत खटाइएको छ । 

शाखा अधिकृत स्तरका कर्मचारी नहुँदा सवैमा नायव सुब्बा स्तरका कर्मचारीलाई कार्यकारी प्रमुखको जिम्मेवारी तोकिएको छ । जिल्ला समन्वय समिति जाजरकोटका अनुसार छेडागाड नगरपालिकाको लागि साविकको कार्कीगाउ गाउ विकास समितिको कार्यालयमा रहने गरि गाविस सचिव रहेका नासु मोतिलाल खत्रीलाई खटाइएको छ । त्रिवेणी नलगाड नगरपालिकाको लागि साविकको खगेनकोट गाँउ विकास समितिको कार्यालयवाट कार्य संचालन हुने गरि गाविस सचिव नासु नरेन्द्र सिहंलाई पठाइएको छ । 

कुशे गाउ पालिकाको लागि साविकको ढिमे गाविस कार्यलयवाट कार्य संचालन हुने गरि गाविस सचिव नासु मणीराम रिमाललाई खटाइएको छ । जुनीचाँदे गाँउपालिकाको लागि साविकको मजकोट गाँउ विकास समितिको कार्यालयवाट काम शुरु गर्ने गरि गाविस सचिव नासु कृष्ण वहादुर शाहलाई खटाएको छ । वारेकोट गाँउपालिकाको लागि साविकको नायकवाडा गाँउ विकास समितिको कार्यालय वाट काम हुने गरि गाविस सचिव नासु तुलाराम गिरीलाई खटाइएको छ ।

शिवालय गाँउ पालिकाको लागि साविकको सिमा गाँउ विकास समितिको कार्यालय वाट काम हुने गरि नासु गोमा पन्थीलाई खटाइएको जिल्ला समन्वय समितिको कार्यालय जाजरकोटका स्थानीय विकास अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए । भेरी नगरपालिकाको लागि सविकको भेरीमालिका नगरपालिकाको कार्यालय वाट काम हुने गरि कार्यकारी अधिकृत रामप्रसाद शर्मालाई खटाइएको छ । यस अघि नै नगरपालिकाका कार्यकारी अधिकृत रहेका उनी मात्र एक्ला अधिकृत हुन् ।

कार्यकारी अधिकृतले तोकिएको गाउ विकास समितिमा पुगेर गाउ पालिकाको र नगरपालिकाको कार्य सूचारु गर्ने छन । स्थानीय राजनैतिक दलहरु संग समन्वय गरि गाउ पालिका र नगरपालिकावाट प्रदान हुने सवै सेवाहरुका वारेमा विस्तारै स्थानीय स्तरमा जानकारी गराउदै जाने तयारी भैरहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

जाजरकोटमा तोकिएका गाउ पालिका र नगरपालिकाको केन्द्रहरु भौगोलिक अवस्था अनुसार उपयुक्त नभएको भन्दै स्थानियले विरोध गरेका छन् । जिल्ला स्थित राजनैतिक दलको सहमतिमा तोकिएको पालिकाहरुको केन्द्र मन्त्रालयले फरक गरी तोकिदिएपछि दल र स्थानियले विरोध गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति