२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा शाखा अधिकृत नहुँदा नायव सुब्वा कार्यकारी अधिकृत

२ चैत्र २०७३, बुधबार १३:५८

धिराज आर.सी./चैत २, जाजरकोट । नयाँ संरचना अनुशार जाजरकोटमा सात स्थानीय तहमा काम गर्ने गरि सात जना कार्यकारी अधिकृत खटाइएको छ । 

शाखा अधिकृत स्तरका कर्मचारी नहुँदा सवैमा नायव सुब्बा स्तरका कर्मचारीलाई कार्यकारी प्रमुखको जिम्मेवारी तोकिएको छ । जिल्ला समन्वय समिति जाजरकोटका अनुसार छेडागाड नगरपालिकाको लागि साविकको कार्कीगाउ गाउ विकास समितिको कार्यालयमा रहने गरि गाविस सचिव रहेका नासु मोतिलाल खत्रीलाई खटाइएको छ । त्रिवेणी नलगाड नगरपालिकाको लागि साविकको खगेनकोट गाँउ विकास समितिको कार्यालयवाट कार्य संचालन हुने गरि गाविस सचिव नासु नरेन्द्र सिहंलाई पठाइएको छ । 

कुशे गाउ पालिकाको लागि साविकको ढिमे गाविस कार्यलयवाट कार्य संचालन हुने गरि गाविस सचिव नासु मणीराम रिमाललाई खटाइएको छ । जुनीचाँदे गाँउपालिकाको लागि साविकको मजकोट गाँउ विकास समितिको कार्यालयवाट काम शुरु गर्ने गरि गाविस सचिव नासु कृष्ण वहादुर शाहलाई खटाएको छ । वारेकोट गाँउपालिकाको लागि साविकको नायकवाडा गाँउ विकास समितिको कार्यालय वाट काम हुने गरि गाविस सचिव नासु तुलाराम गिरीलाई खटाइएको छ ।

शिवालय गाँउ पालिकाको लागि साविकको सिमा गाँउ विकास समितिको कार्यालय वाट काम हुने गरि नासु गोमा पन्थीलाई खटाइएको जिल्ला समन्वय समितिको कार्यालय जाजरकोटका स्थानीय विकास अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए । भेरी नगरपालिकाको लागि सविकको भेरीमालिका नगरपालिकाको कार्यालय वाट काम हुने गरि कार्यकारी अधिकृत रामप्रसाद शर्मालाई खटाइएको छ । यस अघि नै नगरपालिकाका कार्यकारी अधिकृत रहेका उनी मात्र एक्ला अधिकृत हुन् ।

कार्यकारी अधिकृतले तोकिएको गाउ विकास समितिमा पुगेर गाउ पालिकाको र नगरपालिकाको कार्य सूचारु गर्ने छन । स्थानीय राजनैतिक दलहरु संग समन्वय गरि गाउ पालिका र नगरपालिकावाट प्रदान हुने सवै सेवाहरुका वारेमा विस्तारै स्थानीय स्तरमा जानकारी गराउदै जाने तयारी भैरहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

जाजरकोटमा तोकिएका गाउ पालिका र नगरपालिकाको केन्द्रहरु भौगोलिक अवस्था अनुसार उपयुक्त नभएको भन्दै स्थानियले विरोध गरेका छन् । जिल्ला स्थित राजनैतिक दलको सहमतिमा तोकिएको पालिकाहरुको केन्द्र मन्त्रालयले फरक गरी तोकिदिएपछि दल र स्थानियले विरोध गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन