२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा कुपोषित बालबालीका लागी पुर्नस्थापना गृह निमार्ण हुने

२ चैत्र २०७३, बुधबार १४:०१

ललित बोहरा/चैत २, डडेल्धुरा । उपक्षेत्रीय अस्पताल डडेल्धुराको भवनसगैँ कुपोषित बालबालीकाको लागी पुर्नस्थापना गृह निमार्ण हुने भएको छ । 

जिल्लाका ६ हजार १ सय ६७  बालबालिकाको जाँच गर्दा ८ सय भन्दा बढी बालबालिकामा सिग्रकुपोषण देखिएको तथ्याङक जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले सर्वजनीक गरेपछि एक गैर–सरकारी संस्थाले पुर्नस्थापना गृह निमार्ण गर्न लागेको हो ।

 करिब ४० लाखको लागतमा ग्रामीण महिला बिकाश केन्द्र (रुडुक) र उपक्षेत्रीय अस्पताल डडेल्धुराको प्रत्यक्ष निगरानीमा एनआरएच कार्यक्रमको आर्थिक सहयोगमा निमार्ण हुने रुडुक डडेल्धुराका कार्यकारी निर्दशन सरस्वती खडकाले जनाएको छ । बुधबार पोषण पुर्नस्थापन कार्यक्रम सम्बन्धी एक दिवसीय पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रमको आयोजनामा सो जानकारी दिईएको हो । 

 डडेल्धुरा जिल्लाभरका बालबालिकामध्ये एक सय ७० जनामा कडाखालको कुपोषण देखिएको छ भने छ सय ३० जनामा मध्यम खालको कुपोषण र बाँकी ५ हजार ३६७ जनामा सामान्य खालको कुपोषण भेटिएको जिल्ला स्वास्थ्य डडेल्धुराका जनस्वास्थ्य प्रशासक वृष बहादुर शाहीले बताए ।

 पुर्नस्थापन गृहमा डडेल्धुरा जिल्ला बाहेक अन्य जिल्लाका पनी कुपोषीत बालबालीकाहरुकोे स्वास्थ्यमा सुधार  नआए सम्म गृहमै राख्ने ब्यबस्था गरीने रुडुक संस्थाका अध्यक्ष मान कुमारी थापाले जानकारी दिनु भयो । 

साथै कडाखालको कुपोषणमा सुधार नभए सम्म पोषणयुक्त खानेकुराको समेत पुर्नस्थापना गृहले ब्यबस्था गर्ने रुडुक डडेल्धुराले जनाएको छ ।

कडा खालको कुपोषण देखिएका बालबालिकाको उपचारका लागि जिल्लामा ५ वटा बहिरंग उपचार केन्द्र रहेको र ती केन्द्रमा कुपोषित भएका बाल बालिकाको १५ दिनसम्म पोषणयुक्त लिटो खुवाएर उपचार गरिँदै आएको छ ।

 खाना अभाव, खाना खुवाउने समय नियमित नहुनु, आमाको स्वास्थ्य कम्जोरी हुनु र स्तनपान नियमित नहुनुजस्ता क्रियाकलापले बालबालिकामा कुपोषणका लक्षण देखापर्न थालेको जनस्वास्थ्य प्रशासक शाहीले बताए ।

 एक दिवसीय पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रममा नब निर्वाचीत पत्रकार महासंघ डडेल्धुरा शाखाको कार्यसमितीलाई रुडुकका अध्यक्ष मान कुमारी थापा र कार्यकारी निर्देशक सरस्वती खडकाले सम्मान गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन