२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बजार अनुगमन के का लागि, के-के भयो सुधार ?

२०७३, ३ चैत्र बिहीबार ०७:१३

सरु शर्मा/चैत ३, नवलपरासी । नवलपरासीमा बजार अनुगमन समिति सक्रिय भएको छ । 

सदरमुकाम परासीमा बजारमा अनुगमन गरिएको छ । परासीमा लाग्दै आएको बुधबारे हाट बजार तथा बुद्ध चोक स्थित २ वटा पसलमा अनुगमन गरीएको हो ।

 बुधबारे हाट बजारका ५० वटा किराना पसल तथा स्टलहरुमा गरीएको अनुगमनमा म्याद गुज्रिएका खाध्य बस्तु, नेपालमा बन्देज गरीएको चक्र तेल तथा ढक तराजु प्रयोग गरेको भेटिएको छ । 

हाट बजार अनुगमनका क्रममा भेटिएका भारतिय तराजु २० वटा तथा  १ केलोग्राम सम्मका ३६ वटा ढक जफत गरीएको घरेलु तथा साना उधोग कार्यालय नवलरासीका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा तौल निर्धारणका लागी ढक बनाएर राखेका ढुङगााका १२ ओटा तौल सामाग्री पनि बरामद गरीएको उहाले बताउनुभयो ।  नेपालमा ति सामाग्री बन्देज छन ।

जिल्ला बजार अनुगमन समितिका संयोजक एवँ सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाको नेतृत्वमा गरीएको उक्त अनुगमनका क्रममा नेपालमा बन्देज गरीएको १२ लिटर चक्र तेल पनि नष्ट गरीएको छ , भने म्याद गुज्रिएका खाध्य बस्तु भेटिएको उहाले बताउनुभयो । 

उक्त खाध्य बस्तु जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्राङगणमा नष्ट गरीएको हो ।

उपभोक्ता सँग सरोकार राख्ने जिल्लाका घरेलु तथा साना उधोग कार्यालय, उपभोक्ता हित सँरक्षण मन्च, जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्याालय, सँचारकर्मी लगायतको उपस्थितिमा अनुगमन गरीएको हो । 

यस्तै हाट बजार पछि बुद्ध चोकका २ वटा पसलमा पनि अनुगमन गरीएको थियो । बुद्ध चोकका जुगेन्द्र किराना पसल र एस के किराना पसलमा अनुगमन गरीएको उपभोक्ता हित सँरक्षण मन्चका अध्यक्ष रामजी ज्ञवालीले बताउनुभयो ।

अनुगमनका क्रममा पसलहरुमा पुराना साईन बोर्ड राखिएको, मुल्य सुची नटासीएको  भेटिएकाले तुरुन्त सच्याउन निर्देशन दिएको घरेलु तथा साना उधोग कार्यालयका प्रमुख नन्दलाल पौडेलले बताउनुभयो । 

अनुगमनका क्रमममा म्याद गुज्रिएका सामाग्रि तत्काल हटाउन, नेपालमा प्रतिबन्धित सामाग्रिको प्रयोग नगर्न, सरसफाईमा बिशेष ध्यान दिन, मुल्य सुचि अनिवार्य राख्न निर्देशन दिईएको र अर्को अनुगमनका क्रममा सबै कार्य पुरा भएको नपाए अन्य कारबाही प्रक्रिया अगाडि बडाउन आफुहरु बाध्य हुने उहाले बताउनुभयो ।

    तर यसरी अनुगमन भए पनि यो अनुगमन खासै प्रभावकारी नभएको उपभोक्ताहरु बताउछन् । अनुगमन सहर केन्द्रित हुने गरेको र औपचारीकतालागि मात्रै हुने भएकाले उपभोक्ता ठगिने कार्य नरोकिएको गुनासो सर्बसाधारणले गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति