२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बजार अनुगमन के का लागि, के-के भयो सुधार ?

३ चैत्र २०७३, बिहीबार ०७:१३

सरु शर्मा/चैत ३, नवलपरासी । नवलपरासीमा बजार अनुगमन समिति सक्रिय भएको छ । 

सदरमुकाम परासीमा बजारमा अनुगमन गरिएको छ । परासीमा लाग्दै आएको बुधबारे हाट बजार तथा बुद्ध चोक स्थित २ वटा पसलमा अनुगमन गरीएको हो ।

 बुधबारे हाट बजारका ५० वटा किराना पसल तथा स्टलहरुमा गरीएको अनुगमनमा म्याद गुज्रिएका खाध्य बस्तु, नेपालमा बन्देज गरीएको चक्र तेल तथा ढक तराजु प्रयोग गरेको भेटिएको छ । 

हाट बजार अनुगमनका क्रममा भेटिएका भारतिय तराजु २० वटा तथा  १ केलोग्राम सम्मका ३६ वटा ढक जफत गरीएको घरेलु तथा साना उधोग कार्यालय नवलरासीका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा तौल निर्धारणका लागी ढक बनाएर राखेका ढुङगााका १२ ओटा तौल सामाग्री पनि बरामद गरीएको उहाले बताउनुभयो ।  नेपालमा ति सामाग्री बन्देज छन ।

जिल्ला बजार अनुगमन समितिका संयोजक एवँ सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाको नेतृत्वमा गरीएको उक्त अनुगमनका क्रममा नेपालमा बन्देज गरीएको १२ लिटर चक्र तेल पनि नष्ट गरीएको छ , भने म्याद गुज्रिएका खाध्य बस्तु भेटिएको उहाले बताउनुभयो । 

उक्त खाध्य बस्तु जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्राङगणमा नष्ट गरीएको हो ।

उपभोक्ता सँग सरोकार राख्ने जिल्लाका घरेलु तथा साना उधोग कार्यालय, उपभोक्ता हित सँरक्षण मन्च, जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्याालय, सँचारकर्मी लगायतको उपस्थितिमा अनुगमन गरीएको हो । 

यस्तै हाट बजार पछि बुद्ध चोकका २ वटा पसलमा पनि अनुगमन गरीएको थियो । बुद्ध चोकका जुगेन्द्र किराना पसल र एस के किराना पसलमा अनुगमन गरीएको उपभोक्ता हित सँरक्षण मन्चका अध्यक्ष रामजी ज्ञवालीले बताउनुभयो ।

अनुगमनका क्रममा पसलहरुमा पुराना साईन बोर्ड राखिएको, मुल्य सुची नटासीएको  भेटिएकाले तुरुन्त सच्याउन निर्देशन दिएको घरेलु तथा साना उधोग कार्यालयका प्रमुख नन्दलाल पौडेलले बताउनुभयो । 

अनुगमनका क्रमममा म्याद गुज्रिएका सामाग्रि तत्काल हटाउन, नेपालमा प्रतिबन्धित सामाग्रिको प्रयोग नगर्न, सरसफाईमा बिशेष ध्यान दिन, मुल्य सुचि अनिवार्य राख्न निर्देशन दिईएको र अर्को अनुगमनका क्रममा सबै कार्य पुरा भएको नपाए अन्य कारबाही प्रक्रिया अगाडि बडाउन आफुहरु बाध्य हुने उहाले बताउनुभयो ।

    तर यसरी अनुगमन भए पनि यो अनुगमन खासै प्रभावकारी नभएको उपभोक्ताहरु बताउछन् । अनुगमन सहर केन्द्रित हुने गरेको र औपचारीकतालागि मात्रै हुने भएकाले उपभोक्ता ठगिने कार्य नरोकिएको गुनासो सर्बसाधारणले गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने